इलाम, ३ फागुन ।
नेपाल कम्युनिस्ट द्वारा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे ३२ औं दिन आज शुक्रबार दक्षिण ईलामकाे माई नगर पालिका वार्ड नम्बर ४ काे सुक्रबारे बजारमा बिशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पाेलिट ब्युरो सदस्य ओम प्रकाश पुनले संबाेधन गरेका छन् ।
संबाेधनकाे क्रममा नेता पुनले जसरी नेपाली काङ्ग्रेसको दलाल फाँसिवादले जसरी जनयुद्धको शुरुआत र बिस्तार भयो त्यसरी नै केपि र प्रचण्डको सामाजिक फाँसिवादले एकीकृत जनक्रान्तिकाे जन्म र बिस्तार छिट्टै हुने बताए । एकीकृत जनक्रान्ति मार्फत अब छिट्टै समाजवाद स्थापना हुने र दलालहरुकाे पत्तासाप हुने भएकोले नै दलालहरुले अाफ्नाे पार्टी माथि दमन शरु गरेकाे बताए ।
भरखरै पाँचथरको रबिबाट गिरफ्तार भएका सामनाका कलाकार लक्ष्मण तामाङ र कुमार धामी सात दिनकाे हिरासत बाट मुक्त भएकोमा सम्मान गर्दै नेता पुनले भने, “हामीलाई जेल, नेल र भेलले नराेक्किने महान यात्री हाै । हामीलाई दलालहरुकाे दमनले झन स्पातिलाे बनाउछ । हाम्रा साथिहरु दुस्मनका दमनलाई चिरेर अाएका छन् । हामी जित्ने लडाइँमा छाै सबैले साथ दिनुस् ।”
नेता पुनले भने, सुखानिका शहिदले रगत बगाएको ठाउँ हाे । तर त्यो अान्दोलन काे नेतृत्व गर्ने र जनयुद्धको नेतृत्व गर्नेहरुले अाज अात्मसमर्पन र गद्दारी गरेका छन् । जसलाई चिरेर हाम्रो पार्टी निरन्तर क्रान्ति काे बाटोमा अघि बढेको छ । कार्यक्रम अाराेह नेपालीको सञ्चालन, दक्षिण ईलामका सचिव राजुकाे अध्यक्षता र असलकाे स्वागत मन्तब्यबाट शुरु गरिएको सभामा सामना परिवारका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनवर्गीय संगठनका नेताहरु, पार्टी ब्युरो सदस्यहरु र बुद्धिजीवीहरुकाे उपस्थिति रहेको थियोे । कार्यक्रम अबधिमा विभिन्न पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका थिए ।