नेपाल पानीजहाज कार्यालयको उद्घाटन, प्रधानमन्त्री ओलीले भने -पानीजहाजको टिकट यही पाइन्छ

नेपाल पानीजहाज कार्यालयको उद्घाटन, प्रधानमन्त्री ओलीले भने -पानीजहाजको टिकट यही पाइन्छ

  • बिहिबार, फाल्गुन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, २ फागुन ।  नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकान्तकुनामा स्थापना गरिएको आज कार्यालयको उद्घाटन गरेका हुन्।

कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक कदम अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा रहेको पानीजहाज सञ्चालन सम्वन्धि योजना बनाउन यतायात र उद्योगमन्त्रालयलाई निर्देशन दिएका थिए। सरकारले पानीजहाज चलाउने योजना बनाउँदा यसलाई असम्भव भन्ने समेत गरिएको थियो। पानी जहाजका विषयलाई सामाजिक सञ्जालमा आलोचना तथा मजाकको रुपमा पनि लिइएको थियो।

नेपालको जलमार्गहुँदै भारतसँग जोड्ने गरी योजना तयार पारिएको छ। नेपालको नारायणीबाट भारतको गंगा नदीसंग अन्तदेशीय सञ्जाल जोडिने छ। यसको नेपाल र भारतका प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ