यी दुइ पार्टीबीच एकता नै आ आफ्नाे स्वार्थमा भएकाे भन्ने कुरा पछिल्लाे समय थप बलियाे समेत बन्दै गएकाे छ। केहि समय अघि मात्रै भनेजुएला प्रकरणामा पनि दुइ अध्यक्षबीच मतभेद भएपछि प्रचण्डले फेरी अर्काे माओवादी जन्मने र झन ठुलाे युद्व हुने चेतावनी दिन भ्याएका थिए । बुधवार ओलीले पनि जनयुद्वलाइ स्वीका नगर्ने एमालेकाे अडान कायमै रहेकेा संकेत दिए । अहिले पनि दुईटा दलको शिर्ष तहमा एकता भएकाे जस्ताे देखिएपनि विचार भने अलग छ। वैचारिक रुपमा पार्टी एकीकरण भएकै छैन भन्न यस्ता घटनाक्रमले बल पुर्याउछ । वैचारिक एकीकरण भएको भए यस्तो समस्या आउने नै थिएन।’
धुम्बाराहिमा आयाेजित कार्यक्रमकाे मुख्य वक्ता प्रचण्ड थिए। उनको एक छेउमा थिए सुभाव नेम्वाङ, अर्को छेउमा विष्णु पौडेल, युवराज ज्ञवाली, अमृत बोहोरा, टोपबहादुर रायमाझी, पम्फा भुसाल लगायत । कार्यक्रममा अधिकांश नेताले पालैपालो सहिदहरुलाई माल्यार्पण गरेर लालसलाम टक्र्याउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उता प्रचण्ड लगायत उनी निकट पूर्व माओवादी नेता तथा कार्यकर्ताको समुहले पेरिसडाँडामा पुगेर आफ्ना सहिदको शालीकमा माल्यार्पण गरेका थिए । जब कि, पूर्व एमाले नेताहरुलाई यो कार्यक्रम सायद थाहै थिएन ।
अघिल्लो वर्ष तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली पेरिसडाँडा आउने भनेर प्रचार गरिए पनि अन्तिममा सहभागी भएका थिएनन् । त्यसैले यो पटकको कार्यक्रम धुम्बाराहीमै राखियो । तैपनि प्रधानमन्त्री ओली सहभागी भएनन् ।
उता प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा आयोजित प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी थिए ।त्यहिबाट हरेक वर्ष फागनु १ गतेको दिनलाई ‘रोजगार दिवस’ रुपमा मनाइने घोषणा गरे । उच्च स्रोतका अनुसार प्रचण्डसँग जन आन्दोलन पनि जोडेपछि कार्यक्रमा आउछु भने पनि पछि नआएका हुन धुम्बाराही ।तल्लो तह सम्म एकता नहुदै देखा परेको यो असमझदारीले उनिहरुको एकता कहिले सम्म टिक्ला ? भनेर चर्चा शुरु भएको छ । सामाजिक सन्जालमा समेत याे बिषय चर्चाकाे केन्द्रमा रहेकेा छ ।