२४ औं जनयुद्ध दिवसः मेची व्युरो अन्तरगत इलाममा भब्य जनसभा, जनयुद्धकै निरन्तरता एकिकृत जनक्रान्ति -पुन

२४ औं जनयुद्ध दिवसः मेची व्युरो अन्तरगत इलाममा भब्य जनसभा, जनयुद्धकै निरन्तरता एकिकृत जनक्रान्ति -पुन

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

सर्गम श्रेष्ठ/इलाम, १ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीले देशैभर २४ औं जनयुद्ध दिवश भब्य रुपमा मनाएको छ । यसैक्रममा पूर्वी कमाण्ड अन्तरगत चार वटै व्युरोमा बिभिन्न कार्यक्रम तथा सभाको आयोजना गरि जनयुद्ध दिवस मनाईएको छ ।

नेकपा मेची व्युरोको आयोजनामा ईलामको सदरमुकाम इलाम बजारमा बृहत जनसभा सम्पन्न भएको छ । जनसभा अघि इलामको टुडिखेलबाट नारावाजी सहित निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीमा नेकपाका नेता कार्यकर्ता, समर्थक, सुभचिन्तक तथा हजारौको सङ्ख्यामा जनताको समेत सहभागीता थियो ।

कार्यक्रमको प्रमुख अतिथी पार्टीका पिविएम तथा मेची व्युरोको अभियान टोलीका प्रमुख ओम पुनले जनयुद्धको औचित्य अन्त्य नभएको भन्दै जनयुद्धकै निरन्तरता स्वरुप एकिकृत जनक्रान्ति अगाडी आएको बताउनु भयो ।


मेची व्युरो सदस्य दर्शनको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन सामनाका कलाकार आरोहले तथा स्वागत मन्तव्य मेची व्युरो सदस्य एवं झापा जिल्ला सेक्रेटरी सुमनसिंह पाैडेलले राख्नुभएको थियो ।

कार्यक्रममा मेची व्युरो सदस्य एवं ईलामका जिल्ला ईन्चार्ज सर्व श्रेष्ठ र विजय दर्नाल लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा सामनाका कलाकारले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

यस्तै जनकपुर व्युरो अन्तरगत सर्लाहिको बयलवास बजारमा जनसभा सम्पन्न भएको छ ।कार्यकमको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य निर्मलले सम्बोधन गर्नुभएको थियो । उहाँले अधुरो क्रान्ति पुरा गर्न सडकमा फलिएको क्रान्तिको झण्डा बोकेर आफुहरु एकिकृत जनक्रान्तिको यात्रामा अघि बढेको बताउनु भयो । उहाँले बैज्ञानिक समाजवाद लागु नभएसम्म जनता र राष्ट्रको मुक्ति हुन नसक्ने बताउनु भयो । यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य देवनारायण साहले पनि सम्बोधन गर्नुभएको थियो ।


पूर्वी कमाण्ड अन्तरगत ईलाम र सर्लाहिमा दुई वटा ठुला जनसभाको आयोजना गरिएको र अन्य जिल्लाहरुमा समेत बिभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको पार्टी पिविएम तथा पूर्वी कमाण्ड ईन्चार्ज अनिल विरहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ