डेढ वर्षपछि मिडियामा विप्लवकाे प्रत्यक्ष अन्तरवार्ता, हेर्नुहाेस् (भिडियोसहित)

डेढ वर्षपछि मिडियामा विप्लवकाे प्रत्यक्ष अन्तरवार्ता, हेर्नुहाेस् (भिडियोसहित)

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.1K
    SHARES

१ फागुन,काठमाडौँ । लामाे समय मिडयाकाे प्रत्यक्ष सम्पर्कमा नआएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवकाे ताजा अन्तरवाता सार्वजनिक भएकाे छ । २४ औं जनयुद्ध दिवसको अबसरमा विप्लवले रातो खबरको युट्यूव च्यानललाई अन्तरवार्ता दिएका छन् । अन्तरवार्ताका क्रममा उनले सही विचारकै कारण जनयुद्धले सामन्तवादलाई परास्त गरेको बताएका छन् ।

विप्लवले भनेका छन्, ‘तत्कालिन नेतृत्वले जसका विरुद्ध लडिएको थियो, उनीहरुसँगै पछि लागेपछि जनयुद्धका उपलब्धी गुमे ।’ प्रचण्डले प्रतिक्रियावादी भनेकै शक्तिहरुसँग झुकेको बताए ।

अन्तरवार्ताको क्रममा प्रचण्ड–बाबुराम कम्युनिस्ट भइनसकेको बताउँदै उनीहरुको जीवन संक्रमणमै रहेको दाबी समेत गरेका छन् । विप्लवले प्रचण्ड-बाबुराम आफैले बलिदान गर्नेबेला भने पछि सरेकेा बताए । यसअघि बुधवार बिज्ञप्ती जारी गरेर उनले जनयुद्व दिवशकाे शुभकामना दिएका छ ।जनयुद्ध दिवसको अबसरमा शुभकामना दिँदै नेपाली नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल रहेको बताएका छन् । विप्लवले विज्ञप्तिमार्फत शुभकामनामा दिँदै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने समेत बताएका छन् ।

हेर्नुहाेस् ताजा अन्तरवार्ता

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ