मेचीमा अभियानको आवधिक समीक्षा: पूर्वी नेपाल संशोधनवादको विरुद्ध उठ्दैछ- विरही

मेचीमा अभियानको आवधिक समीक्षा: पूर्वी नेपाल संशोधनवादको विरुद्ध उठ्दैछ- विरही

गिरफ्तार कार्यकर्ता रिहा नगरे सङ्घर्षका कार्यक्रम घोषणा गने चेतावनी

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

झापा, १ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीद्धारा माघ १ गते देखि महाभारतको पखेंटामा शुरु गरिएको देशव्यापी संगठन सुदृणिकरण तथा विस्तार अभियान –२ को आवधीक समीक्षा तथा व्युरो स्तरीय राजनीतिक तथा वैचारीक प्रशिक्षण सम्पन्न भएको छ ।

ने.क.पा.का पिविएम तथा पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’को उपस्थितीमा पाँचथर जिल्लाको दुर्गम लेकमा पर्ने मिक्लालुङ गाउँपालीका ६ स्थित कम्पुदार गाँउमा माघ २८ गते मेची व्युरोको राजनीतिक तथा वैचारीक प्रशिक्षण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ईन्चार्ज विरहीले पूर्वी नेपालको क्रान्तिकारी भूमी दक्षिणपंथी संशोधनवादको अखडा बन्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पूर्वी नेपालको क्रान्तिकारी भूमी सुखानीका महान सहिदको रगतले झनझन रातो बन्दै गएको छ, यो भूमी दक्षिणपंथी संशोधनवादको अखडा बन्न सक्दैन । ’

उहाँले पाँचथर र उदयपुरमा गिरफ्तार गरिएका आफ्ना ८ जना कार्यकर्ता रिहा नगरे सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।

काय्रक्रममा मेची व्युरोमा सञ्चालित अभियानका टोली प्रमुख तथा पिविएम ओम पुनले अभियानको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
मेची व्युरोका कार्यालय सचिव ताराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामनाका सरललेको उद्घोषण र निश्चलको स्वागत मन्तव्य राखेका छन् ।

कार्यक्रममा ने.क.पा. का नेताहरु शोभा, राकेश, मनिशा, हेमराज, निशा, प्रकाश, आशा, दीप, अल्का, सरोज, सिता, प्रस्तुती, कविता, वशिष्ट, जनक, सुभाष, अग्नी, मदन, अमृत, सङ्ग्राम, टिका, विज्ञान, याम, आरोह, पेम्वा, सरललगायत टोलीले आ– आफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत गरेका थिए ।

अभियान टोलीले माघ १ गतेबाट सुरु भएको अभियानका क्रममा एक महिनामा ११ वटा सङगठन निर्माण र १७ स्थानमा सांस्कृतिक कार्यक्रम सहित जागरण सभा सम्पन्न गरेको छ ।

फाुगुन १ गते जनयुद्ध दिवशको दिन इलाम बजार र सर्लाहिको हरिवन बजारमा व्युरो स्तरिय जनसभासहित जनयुद्ध दिवशको कार्यक्रमको आयोजना गरिएको पूर्वी कमाण्डले जनाएको छ । हरेक जिल्लामा जिल्ला स्तरिय कार्यक्रमहरु हुने पनि जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ