प्रचण्ड र ओलीले जनयुद्ध दिवश मनाउने, कहाँ के गर्दै छन् ?

प्रचण्ड र ओलीले जनयुद्ध दिवश मनाउने, कहाँ के गर्दै छन् ?

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौ, १ फागुन ।
तत्कालीन माअ‍ोवादी केन्द्र र नेकपा (एमाले) एकीकृत भएर बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पनि २४ औ जनयुद्ध दिवश मनाउने भएको छ ।
२०५२ साल फागुन १ अर्थात आजकै दिन तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपालमा दीर्घकालीन जनयुद्ध सुरु भएको थियो । सोहि जनयुद्धको नेतृत्व गरेका प्रचण्डले अन्तत नेकपा एमालेसँग पार्टी एकता गरेका थिए ।
नेकपामा एकीकृत भएको पूर्वएमालेले जनयुद्धलाई निकै कठोर शब्दमा विरोध र आलोचना गरेको थियो । त्यो पृष्ठभूमिका अधिकांश नेता–कार्यकर्ताहरु अहिले पनि जनयुद्धको ऐतिहासिकता, महत्त्व, गरिमा र उपलब्धिलाई स्वीकार गर्न तयार देखिएका छैनन् ।
तर, बुधबार (१ फागुन, २०७५ मा) प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा २४औं जनयुद्ध दिवस मनाउने बताइएको छ ।

त्यसैगरी, देशभर आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउन नेकपाका महासचिव विष्णु पौडेलले निर्देशन दिएका छन् । पार्टी्भित्र विवादको चर्चा भैरहेका बेला पार्टी्भित्र एकताको सन्देश दिनलाई पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जनयुद्ध दिवश मनाउन तयार भएको पनि पार्टीभित्रका केहि नेताहरु बताउछन् ।
महासचिव पौडेलले आइतबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै ओली–प्रचण्ड एकमत रहेकाले अनावश्यक शंका नगर्न आग्रह समेत गरेका थिए । भेनेजुयलाबारे दिईएको अभिव्यक्तिबारे अध्यक्षद्वयबीच नै तीव्र विवाद सिर्जना भएको प्रचारवाजीसँगै तल्ला तहसम्मा आरोप–प्रत्यारोप सुरु भएपछि पौडेलले उक्त कुरा बताएका हुन् ।
पौडेलले जनयुद्ध दिवश फागुन १ गते केन्द्र, प्रदेश र स्थानीय तहमा आ आफ्नो अनुकुलतामा मनाउन समेत निर्देशन दिए । महासचिवकै निर्देशनअनुसार संयुक्त अखिल (अखिल र अखिल क्रान्तिकारी) ले जनयुद्ध दिवसको तयारी थालेका छन् ।
फागुन १ गते नै सरकारले ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको घोषणा गर्ने कार्यक्रम तय गरेको छ । यो कार्यक्रम सोही दिन राखिनुलाई जनयुद्धले राजनीतिक क्रान्ति गरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक क्रान्ति गर्ने सन्देश दिन खोजेको अर्थमा सो पार्टीका कार्यकर्ताले विश्लेषण गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ