२४ औँ वार्षिकोत्सव मनाउने नेकपाकाे तयारी, प्रहरीले नारा मेटेपछि दियो चेतावनी

२४ औँ वार्षिकोत्सव मनाउने नेकपाकाे तयारी, प्रहरीले नारा मेटेपछि दियो चेतावनी

  • मङ्लबार, माघ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

बुटवल, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्धको २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । लुम्बिनी ब्युरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाइएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अङ्कित ब्यानर र सडकछेउमा लेखिएका दुई दर्जन नारा प्रहरीले मेटिदिएको छ । ‘जनयुद्ध दिवस सफल पारौँ, वैज्ञानिक समाजवाद जिन्दावाद एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा र ब्यानर मेटाइएको नेकपाले जनाएको छ ।

संविधानप्रदत्त अधिकारमा सङ्घसङ्गठनका नारा लेख्न पाइने भए पनि नेपाल कम्युनिस्ट पार्टीले लेखेको नारा तथा ब्यानरहरू यसरी फालिएको हो । कपिलवस्तु र दाङको सिमानामा पर्ने धानखोलामा लेखिएका सबैजसो नारा पोतेर मेटाइएको छ भने मुख्य सहर र चोकहरूमा लगाइएका ब्यानर रातारात हटाइएको छ ।

यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले विज्ञप्ति जारी गर्दै ‘संविधानले लागू गरेको मौलिक हक कुल्चिँदै राजनीतिक नारा हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ ।

नेकपाले बन्दुकको भाषा प्रयोग नगर्नसमेत चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सुसूचित गराउने राजनीतिक नारा हटाउनु द्वन्द्वको आगमन हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ