आगामी महाधिवेशन केन्द्रीत भएर छलफल गर्न राजपाकाे बैठक बस्दै

आगामी महाधिवेशन केन्द्रीत भएर छलफल गर्न राजपाकाे बैठक बस्दै

  • मङ्लबार, माघ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडाैं, माघ २९।

आगामी महाधिवेशन केन्द्रीत भएर छलफल गर्न सत्ता समर्थित राष्ट्रिय जनता पार्टी राजपाले अध्यक्ष मण्डलको बैठक बोलाएको छ । राजधानीको बबरमहलस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजेपछि बस्ने बैठकमा महाधिवेशन लक्षित सदस्यता वितरण र महाधिवेशनको कार्यतालिका प्रकाशन लगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ ।

आजको बैठक विशेष गरी महाधिवेशन लक्षित विभिन्न २७ जिल्लामा वितरण भएको सदस्यता प्रमाणित गर्ने विषयमा केन्द्रीत हुने अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिनुभयो । सबै जिल्लाबाट संकलन भएको सक्रिय सदस्यताको विषय टुङ्ग्याएपछि महाधिवेशनको कार्यतालिका प्रकाशनको विषयमा छलफल अघि बढाउने यादवको भनाई छ । आगामी महाधिवेशनका लागि राजपाले २७ जिल्लामा पाँच लाख बढी सक्रिय सयदस्यता वितरण गरेको जनाएको छ ।
गत माघ १५ गतेसम्म सदस्यता वितरण गर्ने बताएको राजपाले १५ दिन म्याद थप गरेको थियो । थपिएको समय आज सकिंदै छ । फागुन भित्र वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गरिसक्ने राजपाको तयारी छ । मधेश केन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछिको पहिलो महाधिवशेन आगामी बैशाख ७, ८ र ९ गते गर्ने तय भइसकेको छ । स्थान भने तय हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ