सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा.वि., मझगावां, विद्यालयलाई २९५ थान ब्याग प्रदान गरेको छ ।
सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्रीपञचमीको उपलक्ष्यमा यो सहयोग पुर्याएको जनाएको छ ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline