भित्तेलेखनमा नेकपालाई प्रहरीको अबरोध, पार्टी निकट संगठनका तीन नेता धादिङबाट गिरफ्तार

भित्तेलेखनमा नेकपालाई प्रहरीको अबरोध, पार्टी निकट संगठनका तीन नेता धादिङबाट गिरफ्तार

  • बुधबार, माघ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

धादिङ, २३ माघ ।

नेपाल कम्युनिस्ट पार्टी निकट संगठनका तीनजना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ। पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान-२ का क्रममा वालपेन्टिङ गर्दैगर्दा सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै उनीहरुलाई गिरफ्तार गरेको हो।

पक्राउ पर्नेहरूमा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कुवेर घिमिरे(सुरक्षा), धादिङ जिल्ला अध्यक्ष ईश्वर श्रेष्ठ (चट्टान),    अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ धादिङका अध्यक्ष त्रिचन्द्र देवकोटा रहेका छन ।

उनीहरूलाई बुधबार अपराह्न चार बजे गिरफ्तार गरिएको हो । यसैबीच नेकपा धादिङले गिरफ्तार तिनैजना नेतालाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा धादिङका सेक्रेटरी बुद्धले बुधबार साझ नै बिज्ञप्ति जारी गर्दै नक्कली कम्युनिस्टहरुको सरकारले नेकपाका नेता कर्याकर्ता गिरफ्तार गर्नु निन्दनीय कार्य भएको बताएका छन ।

बिना कारण आफ्ना नेताकार्यकर्ता लाई पक्राउ गरि दुख दिने कार्य गरेको भन्दै उहाले तत्काल बिना सर्त रिहा नगरे कडा उत्रने चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ