अर्घाखाँची, २३ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको अभियान टोलीलाई नै बुधबार प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाले अहिले देशभर संगठन सुदृढीकरण तथा बिस्तार अभियान -२ सन्चालन गरिरहेको छ । सोही क्रममा गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको सिङ्गो टोलीलाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा अभियान टोली नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल र टुकलाल पुनलगायत छन । नेकपाका नेताहरूलाई शारदा मावि छत्रदेव गाउँपालिका ४ अर्घाखाँचीबाट गिरफ्तार गरिएको स्रोतले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा राखिएकाे छ ।
यसैबीच गिरफ्तार सबै नेता कार्यकर्तालाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ ।ओ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline