झापा, २२ माघ ।
नेपाल कम्युनिस्ट पार्टी मेची व्युराे अन्तरगत झापामा संगठन सुदृणिकरणा तथा बिस्तार अभियान -२ सानदार रूपमा अघि बढीरहेकेा छ ।माघ १ गतेबाट देशभर सुरू भएकाे अभियान झापा जिल्लामा पनि तिब्र गतिमा चलिरहेकाे छ । नेकपा झापाको माघ ५ गते बसेको जिल्ला समितिको बैठकले अभियान लाई जिल्ला भरी तिब्र पार्ने योजना बनाए बमोजिम झापाका गाउँ र शहरमा एकसाथ अभियान संचालनमा ल्याइएको हो ।
झापालाइ जम्मा ४ ओटा क्षेत्रमा बिभाजन गरि त्यस क्षेत्रहरुमा अभियान टोलि खटाइएको झापाका पार्टी सचिब सुमनसिंह पौडेलले बताए । जसअनुसार भद्रपुर नगरपालिका, कचनकवल गांउपालिका, बाह्रदशी गांउपालिका र हल्दिबारी गांउपालिकामा खटिएको अभियान टोलिको नेतृत्व नेकपा झापाका जिल्ला सदस्य प्रबिन मिश्रले गरेका छन ।
त्यस्तै बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुधशान्ती गांउपालिका र मेचिनगर नगरपालिकामा खटिएको टोलिको नेतृत्व अर्का जिल्ला सदस्य याम गिरिले गरेका छन । त्यस्तै कन्काइ नगरपालिका, झापा गांउपालिका, शिवसताक्षी नगरपालिका र गौरिगंज गांउपालिकामा खटिएको अभियान टोलिको नेतृत्व मगेश र चमनलाल माझिले गरेका छन । उनिहरु दुवै जना जिल्ला सदस्य हुन । र अभियान टोलिमै अर्का जिल्ला सदस्य सौगातको नेतृत्वमा गौरादह नगरपालिका, कमल गांउपालिका र दमक नगरपालिकामा अभियान संचालनमा रहेको छ । साथै जिल्ला समितिका अन्य सदस्यहरुलाई अभियान संचालनमा रहेका चारओटै क्षेत्रहरूमा बिभाजित गरेर खटाइएको सचिब पौडेलले बताएका छन ।
अभियानलाई ब्यवस्थित बनाएर संचालन गर्न पहिलो चरणमा १० हजार पर्चा बितरण, भित्तेलेखन, पेटि सभा, अन्तर्कृया, भेटघाट, कमिटी गठन तथा पुनर्गठन, पार्टी सदस्यता आवेदन तथा नबिकरण लगायतका कामहरु अगाडि बढाइएको छ । अभियान टोलिहरु गाउँ र शहरका बस्तिहरुमा गएर आफ्नो योजना बतांउदा जनताहरु उत्साहित भएर क्रान्तिमा साथ रहने बताएको अभियान्ता प्रबिन मिश्रले बताए ।
नेकपा झापामा अभियानले तिब्रता पाएसँगै जनसत्तामा उजुरी गर्ने क्रम पनि बढेको छ । स्थानिय जनप्रतिनिधिहरुको भ्रस्टाचार देखि माफिया , बिचौलिया र अन्य क्षेत्रमा देखिएको बेथितिबारे उजुरी परेको अर्का अभियान्ता याम गिरिले बताए । भारतसँग सिमा जोडिएको जिल्ला भएकोले तस्करीका घटनाहरु बढेको भन्दै जनताले त्यस्ता कार्यमा संलग्नहरुलाई भौतिक कार्वाहिको समेत माग गर्ने गरेको अभियान टोलिका सदस्य संजय राइले बताए । सांगठानिक कामहरु तिब्र बनेको र झापामा जनताहरुले आफ्नो पार्टिलाइ खोजेको हुनाले हामी गांउका कुना कुना पुग्नु पर्ने अनुभूति भएको रिपोर्ट अभियान्ता चमनलाल माझिले बताए ।

अभियान जनबर्गिय संगठनहरुले पनि चलाएका छन । जसमा बिद्यार्थी , युवा, महिला, दलित, सुकुमबासी र मजदुरले अभियान चलाएका छन । बिद्यार्थी अभियानको नेतृत्व पार्टिका जिल्ला सदस्य एंव बिद्यार्थी अध्यक्ष संजय राइले संचालन गरेका छन । युवाको अभियान युवाका जिल्ला अध्यक्ष सेसेहाङको नेतृत्वमा चलेको छ जसमा युवाका ब्युरो संयोजक निमा शेर्पाले सहयोग गरिरहेका छन । त्यस्तै महिला अभियान सीता बांस्कोटाले संचालन गरेकी छन भने मजदुरको अभियान कुमार मैनालिले संचालन गरिरहेका छन ।
त्यस्तै दलित अभियान प्रबिन दर्नालले संचालन गरिरहेका छन । सुकुमबासिको अभियानको संयोजन चमनलाल माझिले गरेका छन । र जिल्ला भरी चलेका अभियानको मुख्य नेतृत्व पार्टिका जिल्ला सचिब सुमनसिंह पौडेलले गरेका छन । पौडेल अभियान चलेका सवै क्षेत्रहरूमा पुगिरहेका छन र अभियानको दैनिक रिपोर्ट लिनुका साथै अभियान संचालित क्षेत्रका जनता संग छलफलमा जुटिरहेको अभियन्ता सौगातले हामिलाइ बताएका छन ।

अभियाकै क्रममा माघ १७ गते चलिरहदा अखिल क्रान्तिकारिले झापाको दमकमा एनसेलको करछलीको बिरोध प्रदर्शन गरेको थियो । सोहि दिन प्रधानमन्त्री ओली दमक आउने कार्यक्रम रहेको भन्दै उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । यद्धपि उक्त प्रदर्शन कार्यक्रम सफल भएको बिद्यार्थी नेता संजय राइले बताए ।
तर कार्यक्रमलाइ संबोधन गर्न आएका आफ्ना नेतालाइ काठमाडौ फर्कने क्रममा बिराटनगर एअरपोर्ट बाट गरिएको गैरन्यायिक गिरफ्तारीले आंफुहरुलाइ आक्रोसित बनाएको बिद्यार्थी नेता राइले बताए ।
१६ गते बेलुका संगै सुतेको र भोलि पल्ट २ः ३० सम्म संगै रहेका बिद्यार्थी कोषाध्यक्ष नरेन्द्र बिश्वकर्माले गोलि नबोकेको र गोलि बोकेको आरोप झुटो रहेका भन्दै नरेन्द्रलाइ स सम्मान रिहा गर्नु पर्ने झापाका सचिब सुमनसिंहले माग गरे ।
अभियानको क्रममा झापाका बिभिन्न स्थानहरुमा भित्तेलेखन संचालन भएको छ । धेरै स्थानमा गाउँ नगर समितिहरु र सेल कमिटिहरु निर्माण भएका छन । युवा, बिद्यार्थीहरुले पनि आ आफ्नो संगठन निर्माण गरेका छन । जिल्लाका तथ्यान्कहरु संकलन भएका छन । त्यस्तै झापामा आगामी २६ गते महिला र दलितको जिल्ला सम्मेलन हुन गैरहेको छ । त्यस्तै आगामी फाल्गुण ५ गते झापाको सदरमुकाम भद्रपुरमा ज.ब.स. हरुको संयुक्त जिल्ला सम्मेलनको आयोजना गरिएको छ । र यसलाइ झापामा पार्टिले जिल्लाको शक्ति प्रदर्शनको रुपमा हेरिएको पार्टिका सचिब पौडेलले बताए ।