नेविसंघका अध्यक्ष महरसहित आधा दर्जन नेता-कार्यकर्ता गिरफ्तार

नेविसंघका अध्यक्ष महरसहित आधा दर्जन नेता-कार्यकर्ता गिरफ्तार

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२२ माघ,काठमाडौँ  । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित आधा दर्जन नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकार विरोधी आन्दोलन चर्काइरहेको नेपाली काँग्रेसको भातृ संगठनका नेता-कार्यकर्ताहरुलाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट गिरफ्तार गरेको हो ।

सरकारविरुद्ध देशभर सडक संघर्षमा रहेको नेविसंघले शनिबार देशका विभिन्न स्थानमा सरकारी गाडीमा गरिएको थियो । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले केही स्थानमा गाडी नियन्त्रणमा लिएको थियो भने केही ठाउँमा आगजनी गरेको थियो ।

सरकारी गाडी जलाएको भन्दै प्रहरीले नेविसंघका पाँच जना नेतालाई यसअघि नै गिरफ्तार गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ