सगरमाथा ब्यूरोमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान आक्रामक बन्दै, नेकपाका नेता कार्यकर्ता गाउँ गाँउमा

सगरमाथा ब्यूरोमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान आक्रामक बन्दै, नेकपाका नेता कार्यकर्ता गाउँ गाँउमा

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

भोजपुर, २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टीले सन्चालन गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ सगरमाथा व्युरोमा सानदार रुपमा अघि बढीरहेको छ । व्युरो अन्तरगत भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा अभियान आक्रामक रुपमा अघि बढेको छ । चुरेक्षेदेखि महाभारत आसपासका गाउँ देखि हरेक जिल्लाको गाउँ बस्तीमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरु संगठन बिस्तार तथा श्रमदानमा जुटेका छन् ।
सगरमाथा ब्यूरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालीकाको वडा नं. १२,१३,१४ र १५ चौदण्डिगढी नगरपालिकाको १,२,३,४,७,८ र बेलका नगरपालिकाको २,३ र ४ मा अभियानको २२ औं दिनसम्म आईपुग्दा सयौ संगठन निर्माण भएक छन् ।
अहिलेसम्म एक सय ४० भन्दा बढी संगठन निर्माण भएको अभियान टोलीका प्रमुख तथा केन्द्रिय सदस्य सन्जीवले जानकारी दिनुभयो । दर्जनौ स्थानमा कोढसभा, पिडि सभा सम्पन्न भएका छन् ।
त्यस्तै भोजपुरको हतुवागढीको हसनपुर,आम्चोक गाउँ पालिकाको वाड हरु ८,९ र १० नम्बर वाडहरु मा दर्जनौं संगठन निर्माण र कोणसभा पिढि सभाहरु भएका छन भने अहिलेसम्म सयौ स्थानमा भित्तेलेखन भएको छ । अभियानमा विभिन्न पार्टीका नेता कार्यकर्ता धुर्बिकृत हुने क्रम जारी छ ।
पुर्ब एमाले सिद्धिपुर गा बि स अध्यक्ष हरिभक्त राईको नेतृत्वमा दर्जन बढी नेताकार्यकर्ता ध्रुबिकृत भएका छन । त्यस्तै कांग्रेसका चौडन्डी नगपलिका का सकृय नेता भुपजित राई नेतृत्वमा ११ जना धुर्बिकृत हुनु भएको छ ।
त्यस्तै अभियान टोली प्रमुख तथा केन्दिय सदस्य सन्जीव आफै अभियान टोलीसँगै श्रनश्रमदानमा जुट्नुभएको छ । भोजपुरको आम्चोक गाउपालिका मा गोपाल परियारको घर निर्माणमा नेकपाका नेता कार्यकर्ता जुटेका छन भने त्यस्तै उदयपुरको चौदन्डी नगरपालीको कुसुमचौरी,अमल चौरी,बुद्धचोक मा पार्टीका केन्द्रिय सदस्य तथा अभियान टोलिका प्रमुख सन्जिबको नेतृत्वमा जन नभएको बृद्धअबश्था भएका जनताको लागि दाउरा काट्ने दाउरा ओसारपसार गर्ने कार्य सप्पन्न भयो ।

त्यस्तै सोही ठाउमा जनताको करेसाबारी बार्ने सरसफाइ गर्ने जस्ता कार्यहरु भएका छन । त्यस्तै अभियान कै क्रममा त्रियुगा नगरपालीका वडा नं. १३ धाप्लाङ मा अभियान टोलि समुह (ग) का प्रमुख क अग्रिम को नेतृत्व मा जनताको खेतमा मल बोक्ने ,वारि सम्याउने ,सरसफाइ गर्ने कार्य सप्पन्न भएको छ ।


सगरमाथा ब्युरो अन्तर्गत संचालन भएको अभियान लाई चार समूह गरि अभियान संचालन गरिएको छ !चार ओटै समुहको समिक्षा बैठक सम्पन्न भएका छन । अभियानको २२ औं दिन सम्म आइपुग्दा जनताले हाम्रो पार्टी प्रती अपार माया ,बिश्वास आकर्षण बढेको नेता सन्जिवले जानकारी दिनुभयो ।


संसदीय पार्टीले जनता ठग्ने लुट्ने काम गरेको भन्दै उहाँले वर्तमान सरकारप्रति जनताको बितृष्ण बढेको बताउनु भयो ।उहाँले भन्नुभयो, हाम्रो पार्टीले निर्धारण गरेको लक्ष्य सहि समयमा हासिल हुनेमा हामि बिश्वस्त छौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ