नेकपाका महासचिव विप्लव र प्रकाण्डसहितका १६ जनालाई अदालतले दियो सफाइ

नेकपाका महासचिव विप्लव र प्रकाण्डसहितका १६ जनालाई अदालतले दियो सफाइ

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 66.6K
    SHARES

दिनेश शर्मा/ भोजपुर, २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) सहित २० जना विरुद्ध लागाइएको ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा १६ जनाले सफाइ पाएका छन् ।
जिल्ला अदालत भोजपुरमा सोमवार भएको बहसपछिको फैसलामा नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीविएम पदम राई लगायत १६ जनाले सफाई पाएका हुन् ।
गत बर्षको पुसमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनकोबेला महासचिव विप्लव र प्रवत्ता प्रकाण्ड, स्थाइ कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सद्स्य पदम राई बिकास लगायत २० जना नेता बिरुद्ध ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ मुद्धामा कसुर गरेको अभियोगमा मुद्धा दायर भएको थियो ।
२ वटा ज्यान मार्ने उद्योग र एउटा बिस्पोटन सम्बन्धी मुद्धा भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले उनीहरुलाई सफाइ दिएको हो भने दुई जनालाई धरौटि लिईएको अदालतका श्रेस्तेदार विष्णु प्रसाद दाहालले जानकारी दिए ।गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो ।

यस्तै उक्त मुद्वामा सफाइ पाउनेमा अन्यमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ छन् । अन्य दुई जना महेन्द्र तामाङ र प्रकाश गुरुङलाई ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ तर्फ गरी तीन वटै मुद्धामा ४०÷४० हजार जरिवाना लिएको श्रेष्तेदार दाहालले बताए ।
यहि मुद्धामा नेकपाका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता तथा किराती राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको ठेगाना नखुलेकाले तामेलीमा राखिएको छ ।

यसअघि यहि मुद्धामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरि भोजपुर पुर्याईएको थियो । तर सर्वोच्च अदालतले निर्दोश रहेको भन्दै रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।
सरकारले स्थानीय तहको निर्वाचनका समयदेखि नै नेकपाका नेता कार्यकर्तामाथि राजनितिक प्रतिशोधका कारण झुठा मुदा लगाएर धरपकड तिब्र पारेको थियो । प्रवत्ता प्रकाण्डलाई गिरफ्तार गरि ६ जिल्ला घुमाएपछि अन्तत ५१ दिनको हिरासत बसाईपछि रिहा भएका थिए ।
यस्तै पार्टी पोलिटब्युरो सदस्य जीवन्त, उमा भुजेल, गम्भिर,पदम राई , केन्द्रिय सदस्य चन्द्र खड्का लगायतका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ