कास्की, माघ २१ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले तीन सय अभिकर्तालाइ सम्मान गरेकेा छ । पोखरामा अायाेजित कार्यक्रममा अंग्रेजी बर्ष २०१८ मा उत्कृष्ट कार्य सम्पादन मार्फत तोकिए बमोजिमको मापदण्ड पुरा गरी कम्पनिबाट MDRT 2019 र विमा रत्न बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हाे ।
कार्यक्रममा एलआईसी नेपालका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले अभिकर्ताहरुलाई शिल्ड तथा प्रशंसा पत्र प्रदान गर्दै अभिकर्ताहरु नै कम्पनीको प्रगतिका लागि वास्तविक आधार स्तम्भ भएको बताए । उनले अभिकर्ताहरु अनुशासित, इमान्दार, दक्ष र व्यवसायिक बनेर काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले अभिकर्ताहरुलाई प्रशिक्षण गराएका थिए ।MDRT 2019 ( Million Dollars Round Table) व्यवसायिक बीमा अभिकर्ताहरुको लागि वनेको अन्तराष्ट्रिय मञ्च हो । यसकाे प्रधान कार्यालय संयुक्त राज्य अमेरिकामा छ ।
MDRT संस्थाले तोकेको न्यू विजनेश सम्पादन गर्ने अभिकर्तालाई MDRT Member बन्ने अवसर प्रदान गर्दछ । गत वर्ष यो योग्यता पुग्न रु. ४०,२७,५००/- भन्दा बढी न्यू विजनेश बीमा शुल्क निर्धारण गरेको थियो ।