भेनेजुएलाबारे नेपालकाे अडान कायमै, राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति प्रतिवद्ध

भेनेजुएलाबारे नेपालकाे अडान कायमै, राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति प्रतिवद्ध

  • सोमवार, माघ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, माघ २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान दोहोर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दाहो¥याएको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको बताए । हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता नेकपाको रहेको बताए ।

सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि बनेको कार्यदललाई भोलि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको हो ।

कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन । बैठकमा सरकारको कामकारबाहीबारे पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ