स्कुल जाने उमेरमा भारी बाेक्न बाध्य छन् बालबालिका

स्कुल जाने उमेरमा भारी बाेक्न बाध्य छन् बालबालिका

  • मङ्लबार, माघ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

कालिकोट, माघ १५ गते ।

कालिकोट जिल्लाको सदरमुकाम मान्म संग जोडिएको जिते वजारमा दिनहु बालबालिका यस्तै बरियो वोकेर भारी खोजिरहेको देख्न पाइन्छ । स्कुल जाने र झोला वोक्ने यो कलिलो उमेरमा यहाँका बालबालिका दैनिकी चलाउनका लागि वजारमा बरियो वोकेर भारी खोजिरहेका हुन्छ । सर्खेत नेपालगन्ज वाट कालिकोटका रास्कोट नगरपालिका, पलाँता, पभालझरना, सान्नी त्रिवेणी र नरहरीनाथ गाउपालिका, वाजुराका बिभिन्न वस्तीमा जाने नागरिकहरुले घर लैजान ल्याएको समान जितेको पुलपारी गाडी चढ्ने लालीघाट सम्म पुगाउन यिनै बालबालिकाले सस्तो मुल्यमा भारी वोकिरहेका हुन्छन ।

घर खर्च चलाउन र आफ्नो शरिर ढाक्नका लागि यि बालबालिका हरुले दैनिक स्कुल नगएर भारी अर्थात पल्लीधारी गर्नु परेको खाँडाचक्र नगरपालिका वडा नं २ मान्मका ११ वर्षिय अनिल दर्जिले वताउनुभयो । दर्जि कक्षा ५ मा पढ्नु हुन्छ । घरमा कमाउन मान्छे कोही नभएका कारणले घरको खर्च चलाउन र आफ्नो शरिर ढाक्ने लुगा किन्ने पैसा कमाउनका लागि स्कुल भन्दा यस्तै पल्लीधारी काम उहाँका रहर नभएर वाध्यता भएको छ । स्कुलमा भन्दा वर्षमा धेरै समय भारी वोकेर बिताउने गरेको उहाँको भनाई छ । साविकको भर्ता गाबिसको छहरा जितेवाट भारी वोकेर लालिघाट सम् मभारी वोक्न थालेको अनिलको ३ वर्ष बितिसकेको छ । ९ वर्ष देखि भारी वोक्न थालेका अनिल अहिले त निकै वलिया भईसकेका छन ।

आज भोली एकै पटक तीन सय सम्मको भारी वोक्ने गरेको अनिलले वताउनुभयो । खाँडाचक्र नगरपालिका वडा नं २ कै गैरीगाउ र सान्नीत्रिवेणी गाउपालिका वडा नं १ को रकु सेरीज्युलाका स्कुले वालवालिका बिषेश गरेर छहरा जितेवजारको समान ढुवानीका माध्यम वन्दै आएका छन । ठुला मान्छेले भारीको उचित मुल्य लिने भएकाले आउजाउ गर्ने यात्रुले पनि भारी वोकाउने वढि बालबालिका प्रयोग गदै आएका छन । वालवालिकालाई थोरै पैसा दिएर भारी वोकाउन पाईने भएकाले धेरै पर्यटक तथा यात्रुले बालबालिका हरुलाई आफ्नो समान वोकाउने गरेको जितेमा होटल ब्यवसाय गदै आउनु भएका पहल शाहीले वताउनुभयो । यसरी भारी वोक्ने सबै बालबालिकाहरु दलित समुदायको रहेको उहाँको भनाई छ ।

जग्गा जमिन नभएका कारणले उत्पादन हुने कुरा भएन । त्यसैमा पनि खेती गर्न निकै झनझटिलो मान्ने गरेकाले पनि छाक टार्नका लागि भारी वोक्नु पर्ने त्यो समुदायको वाध्यता हो । राज्यले भुमिहिनहरुकालाई भुमि प्रदान गर्ने र स्कुल भन्दा वाहिर रहेका वालवालिकाहरुलाई स्कुलमा अनिवार्य भर्ना गर्ने अभियान ल्याएपनि त्यो प्रभावकारी कार्यन्यन हुन नसक्दा यस्तो समस्या हुदै आएको जानकारहरुको भनाई छ ।

तस्वीर : कर्ण बिश्वक्रर्मा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ