नेकपा झापाको प्रशिक्षण सम्पन्न, कमाण्ड ईन्चार्जले दिए यस्ताे निर्देशन

नेकपा झापाको प्रशिक्षण सम्पन्न, कमाण्ड ईन्चार्जले दिए यस्ताे निर्देशन

  • आइतवार, माघ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

 झापा।

नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला स्तरिय राजनैतिक तथा बैचारिक प्रक्षिण कार्यक्रम सम्पन्न भएको छ । पार्टिका पिबिएम एंव पुर्वी कमाण्ड इन्चार्ज अनिल बिरही को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिरहिले सहभागी झापाली नेता कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको थियो ।

पछिल्लो राजनितिक घटना क्रमको ब्यख्या गर्दै बिरहिले अहिलेको संसदिय सत्ता संकट र यसको समाधान अनिवार्य बनिसकेको परिस्थितिमा हाम्रो पार्टिले अगाडि सारेको बैज्ञानिक समाजबाद निर्बकल्पिय बनेर स्थापित भएको बताउनु भयो । अहिलेको सत्ता संकटको चरम रुप समाजमा जंही तंही देखिन थालेको र सत्ताधारी पार्टिकै नेताहरुले यो सत्ताको बिरोध गरेर हिंडिरहेको प्रसङ्ग निकाल्दै अब हाम्रा कुरा जो कोहिले बोलेर हिंड्ने अवस्था श्रीजना भएको छ भन्नू भयो ।

हाम्रो पार्टिले अगाडि सारेको एकीकृत जनक्रान्ति कस्तो हुन्छ भन्ने बिषय प्रती कुनै अस्पस्टता नरहेको हुनाले यतिबेला आम नेपाली जनता हाम्रो कार्यदिशा ओरिपरी ध्रुबिकृत हुने अवस्था श्रीजना भएको बताउनु भयो । बरु अहिले पार्टिका कार्यकर्ताहरुले धेरै मिहेनत गरेर काम गर्नु पर्ने कुरा उंहाले राख्दै निकट भविस्यमै यो मुलुकमा ठुलै उथलपुथल हुन लागेको भन्दै त्यसको निम्ति तयार रहन कार्यकर्ताहरुलाइ निर्देशन गर्नु भयो । कार्यक्रमको अध्यक्षता नेकपा झापाका सेक्रेटरी सुमनसिंहले गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य प्रबिन मिश्रले राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ