अमेरिकाको हस्तक्षपकारी नीतिको नेकपाद्वारा बिरोध र भर्त्सना

अमेरिकाको हस्तक्षपकारी नीतिको नेकपाद्वारा बिरोध र भर्त्सना

  • शनिबार, माघ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौं , १२ माघ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले भेनेजुएलामाथि गरेको हस्तक्षेपको भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला “कञ्चन”ले विज्ञप्ती जारी गर्दै २३ जनवरी २०१९ मा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि त्यसको विरोध र भत्र्सना गरेका छन ।

विदेश विभाग प्रमुख “कञ्चन”को वक्तव्यमा भनिएको छ, भेनेजुएलामाथि अमेरीकी सम्राज्यबाद समर्थित एकाधिकारबादी पूजीबादीहरुको प्रयोग गर्दै पछिल्लो चरणमा अमेरीकी साम्राज्यबादी कठपुतलीको रुपमा खडा गरीएका जुवान गाईदो अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वघोािषत अन्तरीम राष्ट्रपतिको घोषणा गर्न पुगेका छन् । हाम्रो पार्टी कुनै पनि देशको सार्बभौमिकता, जनताको स्वाधिनता र आन्तरिक मामिला माथि हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीतिको भत्सर्ना गर्दछ र यस प्रकारको हस्तक्षप कुनै पनि देशले कुनै पनि देशमाथि गर्ने नितिको बिरोध गर्दछ ।”

“गत सुक्रबार, २३ जनवरी २०१९मा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका बिरुद्ध अमेरीकी जासुस संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । विज्ञप्तीमा भनिएको छ “हामी यो पनि स्पष्ट गर्न चाहन्छौ कि देशको अर्थतन्त्रमा जरा गरेको एकाधिकारबादी निगम पूजीबादका सम्पूर्ण जराहरु समाप्त पार्ने र उत्पादनका साधनहरु पूर्ण रुपले जनताको अधिनस्त हुने उत्पादन सम्बन्धको स्थापना नगरीकन सुधारबादी प्रक्रियाले कुनै पनि बामपन्थी सरकार साम्राज्यबादी एकाधिकारबादी निगम पूजीबादको सिकार हुनबाट बच्न सक्दैन र आमुल परिबर्तन बिनाको सुधारबादी अर्थ ब्यबस्थाबाट जनताको जीबनस्तरमा परिबर्तन आउन सक्दैन । यो तथ्य भेनेजुएलाको “बामपन्थी” सरकार माथि बारम्बार भएको अमेरीकी आक्रमण र जननिर्बाचित सरकार र भेनेजुएलाको बृहत बहुमतले अनुमोदन गरेको “समाजबादी ब्यबस्थाका” बिरुद्ध भएको पुँजीवादी साम्राज्यबाद समर्थित बिद्रोहबाट प्रष्ट भएको छ ।”

वक्तव्यको अन्तमा भनिएको छ “अन्तमा हामी यौटा सार्बभौम राष्ट्रका बिरुद्ध प्रत्यक्ष हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीति र यसप्रकारको हस्तक्षप गर्ने कुनै पनि सरकारको कुनै पनि देशहरुमाथि हुने हस्तक्षपकारी नीतिको घोर बिरोध र भत्सर्ना गछौ । अमेरीकी साम्राज्यबादका बिरुद्ध न्यायपूर्ण संघर्ष र बैज्ञानिक समाजबाद प्राप्तीकालागि डटीरहने न्यायप्रेमी भेनेजुयली जनतासंग हाम्रो पार्टीको नैतिक समर्थन र साथ रहने कुरा पनि स्पष्ट गर्न चाहन्छौ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ