युवा राष्ट्रको अमूल्य सम्पत्ति हो । संयुक्त राष्ट्र संघको साधारण सभाले निर्णय सँगै २००४
देखि देशमा अन्तराष्ट्रिय युवा दिवश मनाउन थालियो । कुनै पनि राज्यको मुल कडिका
रुपमा त्यस देशका युवाहरु रहेका हुन्छन् । युवा जनशक्ति नै राष्ट्र विकास निर्माणका मुख्य
आधार हुन् । नयाँ युगको सुरुवातसँगै भवितव्य मलाई मानिसको र चेतनशिल प्राणीको
कालखण्डको ब्याख्या र परिभाषा निु पर्ला झैं लाग्दैन । यद्यापी आजभन्दा २५ औं शताब्दी
युग अघि एक जङ्गली र ढुङ्गेयुगबाट स्थापित हुनेपुगेका मानिस एक अकल्पनिय विकास
एजेण्डा लगायत अदृष्य केन्द्रविन्दुको स्थापना गर्न सफल भइसकेका छन् ।
विकास एजेण्डाको र कार्यतालिका थालनी सँगै सुरुवातको विन्दु पनि निचोड गरिसकेका छन् ।
जबकी मानिसप्रति दया, करुणा, मायासँगै विकास प्रेमताको पनि उजागर र साहनुभूतिको
विकास भइसकेको छ । जबकी आज नवयुगमा देशमा राष्ट्रिय नीति तर्जुमा गर्दा युवा
समूहलाई केन्द्रविन्दु बनाउँदछन् । युवालाई व्याख्या र परिभाषा प्रत्येक राज्यले आ–आफ्नो
सन्देश र बास्तविकताको आधारमा गरेका हुन्छन् । हाम्रो देश नेपालमा (१०–१४)वर्षका
मानिसहरुलाई यवा सहूहमा संगठित गरिएको छ । नेपालमा १० वर्ष लामो हिंसात्मक द्धन्द
अनि शान्तिपूर्ण राजनैतिक परिवर्तन पश्चात संविधान सभा मार्फत नयाँ संविधान र दिगो
शान्तिको प्रत्याभूतिद्धारा सामाजिक तथा आर्थिक विकासको असर प्राप्त हुनेछ भन्ने
जनविश्वासका बिच संविधान कार्यान्वयन र राज्य पूनर्संरचनाका दिन गन्तिहरुसँगै
संक्रामणकाल लम्बिँदै जाँदा युवा वर्गमा निराशा, हतोत्साह, तनावको कारण बनिरहेका छन्
।
समुन्नत समूह र आधुनिक निेपालको निर्माण गर्ने परकल्पनाका साथ साढे पाँच दशक अघि
थालनी भएको योजनाबद्ध विकास प्रयासले यति लामो दुरी पार गर्दा पनि हाम्रो परिकल्पनाले
महुर्तता पाउन सकेको छैन । परनिर्भरता हाम्रो नियति बन्न पुगेको छ । विकासले सर्वाधिक
प्राथमिकता पाएपनि अविकासको दक्ष्रकृष्ट मुलुक बाहिर निस्कन सकेको छैन । अग
आज राज्यको नीति निर्मार्ण गनै जवाफदेहि राजनैतिक इच्छाशक्तिको अभावले युवावर्ग
कुहिरोको कागजस्ता भएका छन् । निरुपाय युवाहरु विभिन्न देशमा निम्न स्तरका श्रमिक
पदमा श्रम बेच्न बाध्य छन् । जबकी नययुगका जनमानसप्रति अब यस्तो लाचरिका,
अप्राशिल दुःखको सामना र स्थिति नहोला भन्ने आशा र भरोसा पनि छ । तर पनि अबका
दिनमा जनयुवाहरुले दुःख र संघर्षको हातेमालो गर्दै देश विकासको एजेण्डालाई अघि
बढाउने छन् । एक अर्को प्रतिको भावना र आशको मर्म बुझ्ने छन् । पुरानो अन्धविश्वास र
कुरितिको अन्त्य सँगै नविकरणीय आधुनिकताको सहानुभू ितगर्दै देश विकासमा सक्रयता
दिलाउने छन् । नवयुगमा देशविकासप्रति जनयुवाले आफ्नो हक, अधिकार र दायित्वको
सुनिश्चितता गर्दै आ–आफ्नो स्थान र अन्तरभावबाट सक्दो भूमिका गर्नेछन् भन्ने एउटा
जनमानसप्रति आशाको दियो जलिरहेका छ । आगामी दिनमा देशले छुटै विकासको गतिसँगै
गरिवी र दुःखको अन्धकारमय जीवनको संघर्षमय यात्राबाट विकास रत्यो पिरछेराबाट
मुक्तिहोला भन्ने पनि लागिरहेको छ । जस्तो क युवाद्धारा कुनै पनि देशको यातायात,
सञ्चार र स्वास्थ्य शिक्षा, संस्कृति जस्ता पक्षहरुको उन्नतिको लागि गरिने कार्यको
उत्तरदायित्व नै देशको विकासमा युवा वर्गको भूमिका हो ।
युवा जनशक्तिलाई देशको
मेरुदण्ड पनि भनिन्छ । युवा अवस्था त्यो अवस्था हो जसले बालकको सपना वृद्धहरुको
सम्झनाको प्तिनिधित्व गर्दछ । यसलाई न त छिटो प्राप्त गर्न सकिन्छ न त अड्याउन नै
सकिन्छ । बालक र उमेरदार दुवैको लागि पुग्न र अडिन चाहाने अवस्था नै युवा अवस्था हो
। यो अवस्था शारीरिक र मानसिक रुपमा शक्तिशाली अवस्था हो । नीतिगत हिसाबले २०६६
मा राष्ट्रिय युवा नीतिले युवाहरुलाई केही गर्न खोजेको देखिन्छ । ती संरचनाहरुलाई
राजनीतिक हस्तक्षेपबाट मुक्त बनाई निश्पक्ष र स्वतन्त्र रुपमा काम गर्न वातावरण सृजना
गराउनु पर्दछ । वालापनको सपना र वृद्धहरुको संझनालाई विश्लेषण गरेर युवाहरुको देश
विकासमा मुख्य भूमिका हुनुपर्दछ । हामी सबैको चाहना सम्बृद्ध नेपाल हो । हामी विगतमा
सम्बृदी नेपाली थियौं । बीचको कालखण्डमा हाम्रा राज्य संचालनका औजारहरुमा खिया
लागेर बसेकाले हामी अगाडी बढ्न सकेनौं । अब समयमै हामीले औजारमा लागेका
खियाहरुलाई सफा गर्न जरुरी छ । यसका लागि जीवनको सबैभन्दा उर्जाशील र सम्भावना
बोकेका युवाहरुलाई उनीहरुको क्षमता र दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य
संचालनका तहहरुमा तथा विकास निमार्णका प्रक्रियाहरुमा उनीहरुको अर्थपूर्ण
सहभागितालाई सुनिश्चित गरी सम्बृद्ध नेपालको डिजाइन गर्न जरुरी छ । यूवाहरुलाई युवा
शसक्तिकरणको माधयमबाट सामथ्र्यवान, उद्यमशील, सृजनसिल तथा वैज्ञानिक एवं
सकारात्मक सोचयुक्त समूह युवा तयार गरी उनीहरुलाई राष्ट्रको आर्थिक, सामाजिक,
राजनैनिक र साँस्कृतिक क्षेत्रमा लगाउनुपर्छ । अनिमात्र देश विकास तिब्र गतिमा अगाडि
बढ्छ ।
बर्षौ आकाशको बाटो भई ५० हजार युवा युवती पलाउन हुनबाट रोक भई
स्वदेशमै रोजगारको सृजना गर्न सकिने छ । जन युवा माझ शिक्षा, स्वास्थ्य र संचार
जस्ता विकासका पूवार्धारको पहुच पुग्ने वाला छ । विकासको ज्वारभाटा पाइनेवाला छ ।
दुखो पिटघेराको अन्तभई सुखको मुल फुटने वाला छ । देशले नमुना राष्ट्रको शोभा
बढाउने वाला छ । यदि बेलैमा युवा वर्गलाई देशमै स्थापित गराउन नसक्ने हो भने भोको
पेटले राष्ट्र र राष्ट्रियताको खोक्रो गुणगान गराइरहन कहाँ सक्ला र ?????
लेखकः उत्सव बजगाई