संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक जवरजस्ती पारित गरियाेः सिंह

संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक जवरजस्ती पारित गरियाेः सिंह

  • शनिबार, माघ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडाैं, १२ माघ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक जवरजस्ती पारित गरेको बताउनुभएको छ ।

किङ्ग कम स्पोर्टस क्लबले आज यहाँ आयोजना ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसदले असवैधानिक तवरले जवरजस्त रुपमा पारित गर्नु सभामुखको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो । “बहुमतको आधारमा चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संघीय संसदको गरिमाअनुसार संसदीय अभ्यास भएन,”–उहाँले भन्नुभयो ।

संसद विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुख निपक्ष्य रुपमा सबैलाई आफ्नो राय सुझाव राख्नुपर्ने अवसर दिनुपर्ने उहाँको भनाई थियो ।

“नाराबाजीका विचर विद्येयक पारीत गरिनु असंसदीय अभ्यास हो,”–नेता सिंहले भन्नुभयो । कांग्रेस यस्तो असंसदि ब्यहार काे बिरुदमा ससक्त रुपमा प्रसतुत हुने छ संसदि पदतिकाे रक्षाकाे लागि अाफुहरु जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेकाे सत्तापक्क्ष लाई चेतावनी समेत दिनु भयकाेछ संसदि ईतिहास मै हिजाेकाे दिन दुखद रहेकाे उहाँको भनाइ रहेकाेछ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृती नदिनु राजनीति पूर्वाग्रह भएको बताउनुभयो ।

११ संघ संस्थालाई स्वीकृतीको लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ