प्रतिनिधिसभाको बैठक आज बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत

प्रतिनिधिसभाको बैठक आज बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत

  • शुक्रबार, माघ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं,माघ ११ ।
संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले आज राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो । सचिवालयले यो बाहेक आजको बैठकका अन्य कार्यसूची तय गरेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुरमहराले विधेयक पारित गर्नेृ प्रक्रिया अघि बढाउन सकेका थिएनन् । मंगलबार तीन पटक बैठक राखिए पनि कांग्रेसको अवरोधका सरकारले विधेयक पेश गर्न सकेको थिएन । विधेयकका विषयमा सहमति खोज्न सभामुख महराले पहल जारी राखेका छन् ।
नेकपा र नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेको भए पनि सहमति भने जुट्न सकेको छैन । संसदीय समितिबाट आएको विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा नेकपाका सांसद देखिएका छन् भने कांग्रेसका सांसद त्यसमा केही परिमार्जन गर्न माग गर्दै आएका छन् । नेकपा र कांग्रेसबीच सहमति जुट्न नसके संसद्मा आज पनि तनाव हुनसक्ने बताइएको छ ।
सत्तारुढ नेकपाका सांसदहरु तत्काल विधेयक पारित गर्नुपर्ने भन्दै जसरी पनि पारित गराइ छाड्ने अभिव्यक्ति दिइरहेका छन् भने कांग्रेसका सांसद विधेयक जस्ताको तस्तैअघि बढाएमा संसद्मा अवरोध सिर्जना गर्ने चेतावनी दिँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ