कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, १० माघ । भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघ विवाद, सदनमा जारी अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे केन्द्रित बताइएको छ ।

विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पाँचौंपटक सम्म म्याद थप्दा पनि हुन सकेको छैन ।

वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएपछि नेविसंघभित्रको सांगठिनक अन्यौलता चुलिएको छ । म्याद थप गर्ने विषयमा कांग्रेस नेताबीच कुरा मिल्न सकेको छैन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूह म्याद थप्न नहुने पक्षमा छ भने सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला स्ववियू निर्वाचन नजिकिएकाले म्याद थपेर अघि बढ्नुपर्ने पक्षमा देखिनुभएको छ ।

त्यसैगरी सदनको अवरोधलाई पनि आजको बैठकको मुख्य एजेन्डा बनाइएको छ ।

सरकारले कांग्रेसको असहमतिकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि कांग्रेसले त्यसको प्रतिक्रियास्वरुप केही दिनदेखि सदन अबरुद्ध गर्दै आएको छ । आजको बैठकले सदनको अवरोधबारे पनि छलफल गर्ने बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ