घरबाटै विधेयक पेश गर्न लगाउन योगेश भट्टराईलाई ट्वीटेको सुझाव

घरबाटै विधेयक पेश गर्न लगाउन योगेश भट्टराईलाई ट्वीटेको सुझाव

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, माघ १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले गरेकाे संसदमा प्रतिपक्षी दलको अवरोधका कारण मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुने दावीप्रति ट्वीटर प्रयोगकर्ताले आक्रोस व्यक्त गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले उक्त दावी गरेका थिए । उनका तिनै भनाइलाई समाचार बनाएको एउटा अनलाइन पोर्टलको ‘लिंक’ शेयर गरेपछि ‘ट्वीटे’हरुले भट्टराईप्रति आक्रोस व्यक्त गरेका हुन् ।

भट्टराईको ट्वीटमा पाँच दर्जनभन्दा बढी कमेन्ट गरिएको छ । तीमध्ये अधिकांशमा उनका भनाइप्रति कडा आपत्तिसहित आलोचना गरिएको छ ।

द्रोण मरासिनीले भट्टराईको ट्वीटमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ओहो अर्को व्यवस्था आएर क्यारे, आसे नेताको धम्की पो आयो त ।’

श्रीकृष्ण विश्वकर्मा लेख्छन्, ‘अर्को चुनावाँ ठहरै हुनुहोला है भट्टराईज्यू, अलि विचार पु¥याउनु होला बोल्दाखेरी… अझै पनि भन्छु, एकदमै उत्कृष्ट र आशा गरिएका युवा नेता हुनुहुन्छ हजुर… हनुमान बनिराख्नु जरुरी छैन ।’

karki_sathi हेन्डलबाट लेखिएको छ, ‘योगेश भट्टराईज्यू कम्तीमा प्रधानमन्त्री देख्ने रहर थियो, तर आजभोलिको गतिविधि हेर्दा त लेकतिर धमिलो पानीमाथि जमेको ठाटाजस्तो लाग्छ ।’

नरेन्द्र पौडेल लेख्छन्, ‘त्यसो गर्नुभन्दा विधेयक नै पेश नगरेर पास भएको घोषणा गरिदिनुस् माननीयज्यू । आखिर दुई तिहाई छँदैछ क्यारे ! दुःख लाग्छ जब समस्याको समाधानतिर लाग्नुपर्ने तपाईहरुजस्ता मान्छेहरु समस्या बल्झाउनतर्फ अग्रसर हुन्छन् ।’

भट्टराईलाई सुझाव दिँदै बस्नेत काजी लेख्छन्, ‘बसेको ठाउँबाट किन ? घरबाटै प्रस्तुत गर्दा अझ राम्रो हुन्थ्यो कि !’

निरन्जन खनाल लेख्छन्, ‘घरैमा बसेर स्काइपबाट सभामुखसँग च्याट गरी पास गरे झन् राम्रो । यसको हुँदा संसद भवनमा हुने खर्चमा मितव्ययिता हुन्छ । सबैलाई फाइदै फाइदा ।’

विनय शर्माले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘पुनः ओलीले मन्त्री बनाउने आश्वासन दिएजस्तो छ ।’

भोजराज न्यौपाने लेख्छन्, ‘सर ! दुई तिहाईको सरकार छ, किन संसदसम्म पुग्ने हौ ! ढुक्कै घरबाट विधेयक प्रस्तुत, घरबाटै पास । न रहेगा बाँस, न बजेगा बाँसुरी ।’

भट्टराईको ट्वीटमा एनसी घिमिरेले ‘अनलाई सुविधा पनि त छ नि !’ भनेर व्यंग्य गरेका छन् ।

लक्ष्मी भट्ट लेख्छन्, ‘मैले साह्रै मन पराउने अनि भविष्य देखेको नेताको यो कथन पढेर किन हो किन, कतै हामी साँच्चै एकदलीयता तिर जाँदै त होइन भन्ने आभास पो भो त ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ