सहसचिव पाण्डेले मूल्यांकन फारममै लेखे – आँफु घुस नखाने भएकाले मन्त्री र सचिवले जिम्मेवारी दिएनन्  

सहसचिव पाण्डेले मूल्यांकन फारममै लेखे – आँफु घुस नखाने भएकाले मन्त्री र सचिवले जिम्मेवारी दिएनन्  

  • मङ्लबार, माघ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 44.7K
    SHARES

८ माघ, काठमाडौं । खानेपानी मन्त्रालयका एक वरिष्ठ सहसचिव राजनराज पाण्डेले ‘मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको’ उल्लेख गरी का.स.मू. फाराम भरेर पेस गरेका छन् ।

मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाएपछि उनले खानेपानी मन्त्री विना मगर  र सचिव गजेन्द्र ठाकुर ‘चरम घुस्याहा’ रहेको आरोप लगाएका छन् ।

उनले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन् । पाण्डेले घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको कुरा कार्यसम्पादन मूल्याङ्कन फाराममा उल्लेख गरी सचिवलाई पेस गरेका छन् भने यो फारम फेसबुकमा समेत पोस्ट गरेका छन् ।

खानेपानी मन्त्रालयका एक वरिष्ठ सहसचिव राजनराज पाण्डेले भरेकेा अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा ।

गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’

पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर भएका थिए । त्यसअघि उनी सुदूरपश्चिम प्रदेशमा थिए ।

मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको स्वार्थ पूरा नहुने देखेर आफूलाई जिम्मेवारी नदिइएको उनकाे ठोकुवा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ