आफ्नो सुविधा भन्दा नगरभित्रको विकास अघि : दक्षिणकाली नगरपालिकाका उपप्रमुख

आफ्नो सुविधा भन्दा नगरभित्रको विकास अघि : दक्षिणकाली नगरपालिकाका उपप्रमुख

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

दक्षिणकाली, माघ ७ ।
दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागि पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी छिन् ।

०७५÷०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागि उक्त बजेट आवश्यक रहेको बताइन् ।

जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा उनले भने आफ्नो सुविधाका लागि पाएको गाडी लिन अस्वीकार गरेकी हुन् ।

तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागि कामधेनु मा.विलाई कृर्षि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागि पाखाचोक सप्ताह मूल समारोह समिति र क्षेत्रपाल भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरिन ।

आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् ।

उपप्रमुख तामाङ्गको यो प्रशंसा योग्य निर्णयलाई नगरसभामा उपस्थित सबैले तालिबजाएर धन्यवाद दिएका थिए । तामाङ्ग तत्कालिन नेपाली कंग्रेसबाट उपप्रमुखमा निर्वा्चित भएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ