चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, ६ माघ।

खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् ।

विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक अध्ययन तथा भू–गर्भको बारेमा अध्ययनको काम भइरहेको जानकारी दिनुभयोे । “भौगर्भिक अध्ययन भएपछि मात्र के कस्ता खानी सम्भावना छन् वा के कस्ता संरचना निर्माण गर्न सकिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ”–उहाँले भन्नुभयो ।

यसैगरी, विभागले मकवानपुरको किट भञ्याङमा भू–भौतिक सर्वेको कामसमेत गरिरहेको छ । प्रवक्ता झाका अनुसार खोटाङमा चुनढुङ्गा अन्वेषणका लागि सर्वेक्षण र ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ भने महोत्तरीको जलेश्वरमा भने भू–इन्जिनीयरिङ कार्य सम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ