काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

  • शनिबार, माघ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चितवन, ५ माघ

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उहाँले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गर्नुभयो । सहमहामन्त्री डा महतले काङ्ग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उहाँले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गर्नुभयो ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगरपालिका संयोजक खगराज कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल शिक्षक सङ्घका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, निर्वतमान अध्यक्ष टेकप्रसाद गुरुङ, नेपाल शिक्षक महासङ्घका सचिव ध्रुव पोख्रेल, नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष डा हरि कँडेललगायतले शिक्षा क्षेत्रको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ