हवाई इन्धन भण्डारण क्षमताः १२ दिनलाई पनि पुग्दैन

हवाई इन्धन भण्डारण क्षमताः १२ दिनलाई पनि पुग्दैन

  • शनिबार, माघ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं । नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोलिटर छ । मागका आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार इन्धनको मागलाई हेर्ने हो भने निगमसँग भण्डारण भएको इन्धन क्षमताले १२ दिनलाई पनि धान्दैन ।

नेपालका ३६ स्थानमा आन्तरिक उडान हुँदै आएको छ । नेपालमा उडान हुने अन्तराष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमान नेपालमै इन्धन भर्ने गर्छन् ।

अन्तराष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन भण्डारण क्षमता अत्यन्तै न्यून रहेको छ ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण शाखाका  उपनिर्देशक विनित उपाध्ययका अनुसार दैनिक हवाई खपत ६५० किलोमिटर छ ।

जसमध्ये ४५० किलोमिटर अन्तराष्ट्रिय उडानमा खपत हुने गरेको छ ।

२ सय किलोमिटर आन्तरिक उडानमा खपत हुने गर्छ । हाल निगमसँग हवाई इन्धन डिपो आप्ूर्ति विन्दु पाँच ठाउँमा छन् । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ