सीएमसी नेपाल नफर्के आइतवारबाट बैकल्पिक बाटो खोजिने

सीएमसी नेपाल नफर्के आइतवारबाट बैकल्पिक बाटो खोजिने

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, माघ ४ ।

मेलम्ची खानेपानी आयोजनाको काम अझै सुचारु हुन सकेको छैन । क्रिसमस मनाउन भन्दै स्वदेश फर्किएको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसीका कर्मचारीले नेपाल बाहिर वार्ताको सर्त राखेपछि आयोजनाको काम ठप्प भएको हो ।

सीएमसीलाई आजसम्मको समय दिएर सरकारले काममा फर्कन पत्र पठाएको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्य कँडेलले आजसम्मको समयसीमा दिएर सीएमसीलाई फेरि पत्र लेखिएको बताउनु भयो ।

आजसम्म पनि कुनै सकारात्मक जवाफ नआए आइतबारबाट आगामी वैकल्पिक रणनीतिबारे छलफल गर्ने र के कसरी अघि बढ्ने भन्ने बारेमा योजना तय गर्ने कँडेलको भनाई छ ।

यसअघि गत मंसिर २९ गते आयोजनास्थल छाडेको प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोलीलाई क्रिसमस मनाउन भन्दै सरकारले स्वदेश जाने अनुमति दिएको थियो ।

उनीहरूलाई विभिन्न चरणमा इमेलमार्फत पत्र पनि पठाएका पनि इमेलको चित्तबुझ्दो र जिम्मेवार जवाफ नपठाएको तर पछिल्लो एउटा जवाफमा भने सीएमसीले आफू छलफलका लागि तयार रहेको भएपनि उक्त छलफल नेपाल बाहिर हुनुपर्ने सर्त राखेको कडेलले बताउनु भयो ।

यद्यपि उनीहरुको सो प्रस्तावलाई नेपाली पक्षले अस्वीकार गरेको छ। इटालियन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र ढलान गर्ने, भेन्टिलेसनको काम सहित सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी र्पुयाउनका लागि पाइप राख्ने तथा सुरुङभित्रको सफाइ लगायतको ठेक्का पाएको थियो ।
जसमध्ये सीएमसीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौताअनुसार गर्नुपर्नेमध्ये झण्डै ८० प्रतिशत काम सकेको थियो । बाँकी कामका लागि आफ्नो कम्नपी नै टाट पल्टेको भन्दै उसले ठेक्का ताड्ने आशयको पत्र सरकारलाई बुझाएको भएपनि सरकारले सो पत्र बुझेको भने छैन ।

अहिले नै अर्को ठेकेदारलाई निर्माण गर्ने जिम्मा दिए आयोजना सम्पन्न गर्न थप २ वर्ष लाग्ने भएकाले पनि अर्को ठेकेदारको विकल्पको सट्टा सरकार सीएमसीलाई नै मनाउने कसरतमा लागेको हो ।

मेलम्ची खानेपानी विकास समिति र सीएमसीबीच २०७० मा ठेक्का सम्झौता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ