शान्तिको भ्रम दिएर जनता सरकारबाटै झुक्याउने काम भयाेः  सौरभ

शान्तिको भ्रम दिएर जनता सरकारबाटै झुक्याउने काम भयाेः  सौरभ

  • बिहिबार, माघ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको संगठन सुदृढ तथा बिस्तार अभियान – २ मेची ब्युरो अन्तर्गत इलाम जिल्लाको फाकफोक थुम गाउपालिकाको एकतप्पा पोखरी भन्ने स्थानमा पुगेको छ ।
माघ १ बाट उद्घाटन गरिएको अभियान को निरन्तरतामा आज पोखरिमा एक जन भेला गरि एक कार्यक्रम गरिएको अभियान रिपोर्टर मेची ब्युरो सदस्य प्रशान्तले जानकारी दिए ।
कार्यक्रममा पार्टिका पोलिट ब्युरो सदस्य सौरभले सयौं जनताहरुको बिचमा बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै उंहाले अहिलेको सरकार बोलिमा मात्रै शान्ति भएको बताउनु भयो ।
जनता र रास्ट्रको हक अधिकार र समृद्ध जिवनको चाहाना राखेर आवाज उठाउने आफ्नो पार्टिलाइ अशान्ती चाहाने, आतंक फैलाउने भनेर आरोप लगाउन तम्सिएको सरकार जायज माग र मुद्धाहरु बाट अताल्लिएर जनताहरुलाइ दमन गर्न अगाडि सरेको बताउनु भयो ।
उंहाले जनताहरुको अधिकार प्रतिरोध बाट मात्र सुरक्षित हुन सक्ने भएकोले जनताले मनको कुण्ठा र असन्तुष्टि दलाल सरकार बिरुद्ध पोख्न उठ्नु पर्ने बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता नेकपाका कार्यवाहक इलाम इन्चार्ज सर्व श्रेष्ठले गरेका थिए । स्वागत मन्तव्य जिल्ला जनपरिसद इलामका संयोजक नवराजले राखेका थिए भने संचालन आरोह नेपालीले गरेका थिए । कार्यक्रममा सामना सांस्कृतिक टोलिका कलाकारहरुले क्रान्तिकारी गित र नृत्य प्रस्तुत गरेको प्रशान्तले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ