सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले गरे यस्तो प्रतिबद्धता

सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले गरे यस्तो प्रतिबद्धता

  • बिहिबार, माघ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं ३ माघ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता(कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् ।

मोटरसाइकल रयालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन ।

नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए ।
विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् ।

विधान अनुसार गएराति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको छ । तर तत्कालका लागि सोही कार्यसमितिलाई निरन्तरता दिएको बताइन्छ ।

पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

सभापति देउवाले माघ १० गते बस्ने केन्द्रिय समितिको बैठकबाट माग सम्बोधन गर्ने बचन दिनुभएको छ । देउवाले नेवि संघ भित्रको विवाद र व्यथिति बुझिसकेको जनाउ दिंदै तत्काल नयाँ निर्णय गरेर जाने बताउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ