नेपाल कम्युनिस्ट पार्टीद्धारा माघ ५ गते सुर्खेत जिल्ला बन्द आह्वान

नेपाल कम्युनिस्ट पार्टीद्धारा माघ ५ गते सुर्खेत जिल्ला बन्द आह्वान

  • बुधबार, माघ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

सुर्खेत, २ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले आगामि माघ ५ गते सुर्खेत बन्दको आह्वान गरेको छ ।
ने.क.पा. सुर्खेतका इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजले बुधवार बज्ञिप्ती जारी गरेर बन्दको आह्वान गर्नुभएको हो । नेपाल कम्युनिस्ट पार्टीको भेरी व्युरो सदस्य गोविन्द योगी र अखिल (क्रान्तिकारी)का सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढाको रिहाईको माग गर्दै ने.क.पा.ले बन्द आह्वान गरेको हो ।
बुढा र योगीलाई गत पुस २२ गते बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।
ने.क.पा.ले यस अघि पुस २३ गते पनि बिज्ञप्ती निकाले दुबै जनाको रिहाईको माग गरेको थियो । तर उक्त माग पुरा नभएको र लामो समयसम्म बिना कारण आफ्नो पार्टीका नेताहरुलाई हिरासतमा राखेकोले बन्द आह्वान गरिएको ईन्चार्ज ध्रुबले जानकारी दिनुभयो ।
उहाँले माघ ५ गतेको बन्द सफल पार्न सबैलाई सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

यस्तै अखिल (क्रान्तिकारी)ले पनि गिरफ्तार परेका अाफ्नाे संगठनका सुर्खेत अध्यक्ष कमल सिंह बुढा र पार्टीका व्युराे सदस्य गाेविन्द याेगीकाे रिहाइकाे माग गरेकेा छ । अखिल (क्रान्तिकारी)का भेरी व्युराे संयाेजक पुष्प न्याैपानेले पनि बिज्ञप्ती निकाले बिना सर्त रिहाइकाे माग गर्नुभएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ