नेपाल कम्युनिस्ट पार्टीको उद्घोषः दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद

नेपाल कम्युनिस्ट पार्टीको उद्घोषः दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद

  • बुधबार, माघ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

काठमाडौं, २ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले विद्यमान संसदीय ‘दलाल पुँजीवादी सत्ता’को संज्ञा दिई विकल्पमा जनताको सत्ता वैज्ञानिक समाजवाद मात्र भएको उद्घोष गरेको छ ।
संगठन विस्तार तथा सुदृणिकरण अभियान –२ को सुरुवातसँगै नेकपा केन्द्रीय समितिले एक अपिल सार्वजनिक गर्दै मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाले मात्र मुलुक स्वतन्त्र र नागरिक समृद्ध हुने प्रष्ट पारेको छ । ‘राष्ट्रघात, जनघात, भ्रष्टाचार, बलात्कार, हत्या विरुद्ध सङ्घर्ष गरौँ ! दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारीलाई जनकार्वाही गरौँ !!’ लाई अभियानको मुख्य नारा तय गरिएको छ ।

पार्टीले आजै देशको चार वटै केन्द्रमा अभियानको उद्घाटन गरेको छ । उसले भौगोलिक रुपमा रणनैतिक, सामरिक महत्वको दृष्टिकोणले पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम गरी चार क्षेत्र (कमाण्ड)मा विभक्त गरी एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लागू गरिरहेको छ । यी चारै क्षेत्रको केन्द्रमा महासचिव विप्लव छन् । कमाण्डहरुको नेतृत्वमा पूर्वीमा अनिल शर्मा ‘विरही, मध्यमा हेमन्तप्रकाश वली ‘सुदर्शन’, पश्चिममा विषम र सुदूरपश्चिममा ‘कञ्चन’ रहेका छन् । यो क्षेत्रीय कमाण्ड नेतृत्वले जनयुद्धको झल्को दिएको छ । जुनबेला सशस्त्र संघर्ष चलाइएको थियो ।
आज सार्वजनिक गरेको अपिल पर्चाको शीर्षक नै ‘दलालपुँजीवादी सत्ताको विकल्पवैज्ञानिक समाजवाद’ दिइएको छ । अपिलमा वर्तमान सरकारले ‘सामाजिक दलाल सरकार’ भएको व्याख्या गरिएको छ । यहीकारण देश र जनता संकटमा परेको निस्कर्ष उसले अपिलको शुरुवातमै लिपिवद्ध गरेको छ ।
निर्वाचनपछि सबै समस्या समाधान हुने जिकिर गरेका दलहरुलाई पनि अपिलले उनीहरुले चुनावका बेला नागरिकलाई दिएका झुठा र फोस्रो आश्वसनको स्मरण गराएका गराएको छ । २०७४ को निर्वाचनमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, संमृद्ध नेपाल’ र ‘गाउँगाउँमा सिहदरबार’ को नारा ‘सुःखी नेपाली, कङ्गाल नेपाल’ र ‘गाउँगाउँमा भ्रष्टाचार र बलात्कार’ मा परिणत भएको निचोड अपिलमा राखिएको छ ।
त्यस्तै गरिब नेपालीको टाउकामा अनगिन्ती करको भारी थोपरिएको भन्दै त्यसलाई खारेज गर्न नागरिकसँग अपिल गरेको छ । वर्तमान सरकार जनताको सरकार नभएकैले काण्डैकाण्ड र भ्रष्टाचारले व्यापकता पाएको जिकिर गर्दै ‘केपी–प्रचण्ड सरकार, आतंककै आतंक’ भएको उल्लेख गरिएको छ भने सरकाप्रति बढ्दै गइरहेको नागरिक असन्तुष्ट र आक्रोशको पछाडिको कारक सरकार भएको प्रस्टयाएको छ । ‘महङ्गी, तस्करी, राष्ट्रघात, निर्मला हत्याकाण्ड, ठूलो जहाज काण्ड, चिनी काण्ड, बुढिगण्डकी काण्ड, चन्द्रागिरी काण्ड, एनसेल काण्ड, क्रिश्चियनधर्म प्रचार काण्डजस्ता काण्डै–काण्डको आतंकमा परेर समाप्तभएको छ । जनतामा सरकारप्रति असन्तुष्टी र आक्रोशभन्दा केही बाँकी छैन’ उसले अपिलमा उसले भनेको छ ।
सरकार पूर्णरुपले असफल भएको जनाउँदै सफलता खाली मन्त्री र पात्रविशेषको दोषी नरहेको निचोड उसको छ । भन्छ जनताको सत्ता निर्माणले मात्र सबैखाले समस्यालाई समाधान गर्ने उल्लेख छ । ‘हाम्रो पार्टीको सुरुदेखिको धारणा छ कि यो असफलता र संकट केवल सरकार र मन्त्रीहरुको मात्रहोइनअपितु दलालपुँजीवादी सत्ता, संसदीयव्यवस्था र समाजिकदलालपुँजीवादको असफलता र संकट हो । यसको समाधानभनेको केपी सरकारको परिवर्तन, एमाले—माके सरकारको परिवर्तन होइन र हुन सक्दैन ।’, दलालपुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु हो । आजसम्मजनताले ठूलो बलिदानगर्दा पनिप्राप्तहुननसकेको जनताको सत्ताको निर्माण हो’ अपिलमा भनिएको छ ।
‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे, एमाले—माके संशोधनवादी कम्युनिस्टलाई हेरे कसैले पनि जनता र देशको हितमा काम गरेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अव कुनै गाह्रो छैन’ अपिल पर्चामा उल्लेख छ ।
पार्टीको स्वार्थ देश र वैज्ञानिक समाजवादभन्दा अर्को कुनै नभएको स्पष्ट पारिएको छ । त्यसनिम्ति जुनकुनै मूल्य चुकाउन तयार रहेको समेत प्रष्ट्याइएको छ । भनिएको छ, ‘२१ औँ शताब्द्धीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरु एकतावद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यंभावी छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ