काेशी र सगरमाथामा नेकपाकाे संगठन बिस्तार तथा सुदृणिकरण अभियान-२, फाेरमबाट आधा दर्जन नेकपामा प्रवेश

काेशी र सगरमाथामा नेकपाकाे संगठन बिस्तार तथा सुदृणिकरण अभियान-२, फाेरमबाट आधा दर्जन नेकपामा प्रवेश

  • बुधबार, माघ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

उदयपुर।
नेपाल कम्युनिस्ट पार्टीले सगरमाथा व्युराेमा पनि दाेस्राे चरणकाे संगठन बिस्तार तथा सुदृणिकरणा अभियान -२ सुरू गरेकेा छ । 
नेकपा सगरमाथा व्युरोले वेलका ५ शिखरमाडिमा अभियानकाे उद्घाटन गरेकेा हाे ।   
सगरमाथा ब्युरो इन्चार्ज दिपेशले हँसिया हथाैडा अंकित पार्टीको झण्डा अभियान २ का कमान्डर केन्द्रिय सदस्य सन्जिबलाइ  हस्तान्तरण गरेर अभियान सुरू भएकाे घाेषणा गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रमको सञ्चालन व्युरो कार्यलय सचिव शैलेशले गर्नुभएको थियो भने उदयपुर जिल्ला सेक्रेटरी प्रशान्तले स्वागत मन्तव्य राख्नु भएको थियो । पार्टि संगठन बिस्तार अभियान -२का कमान्डर केन्द्रिय सदस्य सन्जिबले अभियान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयमा पार्टीको धारण राख्नुभएको छ ।
साथै सगरमाथा व्युरो इन्चार्ज दिपेशले पनि अभियान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारे स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्तालाई अभियानमा जुट्न आव्हान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्थानीयबासि  , पार्टी नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यस्तै नेकपा काेशी ब्युराेमा पनि अभियान सुरू भएकाे छ । धनकुटाकाे साघुगढी गाउँपालीकामा एक कार्यक्रमकाे अायाेजना गरी अभियानकाे उद्घाटन गरिएकाे छ ।  पार्टी केन्द्रिय सदस्य तथा अभियान टाेलीका प्रमुख आधारकाे उपस्थितिमा अङियान सुरू गरिएकाे हाे ।
उक्त कार्यक्रममा संघिय समाजवादी फाेरमका आधा दर्जन स्थानिय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । उनीहरूलाइ अभियान टाेली प्रमुख आधारले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।
काेशी व्युराे संयाेजक पुस्करकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाइ पार्टी केन्द्रिय सदस्य निर्मलले सम्बाेधन गर्नुभएकाे थियाे भने स्वागत  धनकुटा माेरङ संयुक्त जिल्ला इन्चार्ज संगित लिम्बुले गर्नुभएकाे थियाे ।
तस्वीरः  दिनेश शर्मा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ