सिन्धुली, २ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले देशभर संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ सन्चालन गरेको छ । पार्टीले माघ १ गते एकै दिन देशभर अभियानको उद्घाटन गरेको हो ।
यसैक्रममा ने.क.पा.को पूर्वी कमाण्ड अन्तरगत चारवटै ब्युरोमा एक साथ अभियान सुरु भयो । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका ५ नाङ्गेडाँडामा पार्टीका पोलिटब्युरो सदस्य तथा पूवी कमाण्ड ईन्चार्ज अनिल‘विरही’ शर्मा र पोलिटब्युरो सदस्य तथा अभियान टोली प्रमुख उमा भुजेल ‘शिलु’ को उपस्थितिमा अभियानको उद्घाटन गरेको छ । अभियानको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि विरहीले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा सबैलाई साथ दिन अपिल गर्नुभयो ।
जनयुद्धका केहि नेताहरुको गद्धारिका कारण नेपाली जनता अझै पनि उत्पिडनमा नै रहेको भन्दै उहाँले महिला, दलित, उत्पिडित वर्गको मुक्तिका लागि आफुहरु निरन्तर लडिरहने प्रतिबद्धता जनाउनु भयो ।
नेता विरहीले भन्नुभयो, हामि मर्न तयार छौ तर सहिद, किसान, मजदुर वर्गमाथि अन्याय, अत्याचार गरेको हेरेर बस्न सक्दैनौ ।
प्रचण्ड, बाबुरामले सडकमा फालेको क्रान्तिको झण्डा विप्लवको नेतृत्वमा उठाएर अफुहरु अघि बढेको भन्दै उहाँले जनता र राष्ट्रको मुक्तिको लागि आफुहरु मर्न तयार रहेको बताउनु भयो । जनयुद्ध लडेकै नेताहरु विभिषण बनेर जनमुक्ति सेना विगटन गरि आत्मासमर्पण गरेको भन्दै नेता विरहीले फेरी नयाँ जनमुक्ति सेना सहित हिजोकै माओवादी बनेर आफुहरु पुन जनताको घर दैलोमा आईपुगेको पनि बताउनु भयो । अभियान अबधिभर २१ वटा टोली कार्यक्षेत्रमा खटिएको जानकारी समेत दिनुभयो ।

अर्को प्रशंगमा उहाँले बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु सरकारको निरिहता भएको भन्दै वर्तमान गृहमन्त्री बादलको छोराको डिएनए परिक्षण गर्न समेत माग गर्नुभयो ।उहाँले भन्नुभयो, ठुला भिआईपिहरुको नामसँगै गृहमन्त्री वादलको छोराको नाम पनि निर्मला हत्याकाण्डमा जोडिएर आएको छ, त्यसैले वादलको छोराको डिएनए परिक्षण गरिनुपर्छ ।
यस्तै पोलिटब्युरो सदस्य तथा अभियान टोली प्रमुख उमा भुजेलले दलाल पूजीवाद रहेसम्म शोषण, अन्याय, अत्याचारको अन्त्य नहुने भन्दै वैज्ञानिक समाजवाद स्थापनाको यात्रामा लामबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । जनयुद्धको क्रममा माओवादीले गरेका प्रतिबद्धता पुरा नभएकाले जनताले अहिले आशंका गर्नु स्वभाविक भएपनि दलाल संसदीय व्यावस्थामा फसिसकेका प्रचण्ड बाबुरामलाई धारेहात लगाएर मात्रै जनताको मुक्ति नहुने बताउनुभयो ।

जनतालाई अधिकार दिनुपर्छ भन्नेहरु जुन सत्तत्राको बिरुद्ध लडेका थिए उसैसँग मिलेर अहिले जनतामाथि नै दमन गरिरहेको भन्दै उहाँले दश बर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड नै सहभागी रहेको कम्युनिस्ट नामधारी सरकारबाट वर्गिय मुक्ति सम्भव नभएको बताउनु भयो ।
अहिले केहि तत्वहरुले विप्लवले बन्दुक बोकेर जंगल पसोस भन्ने चाहेको र त्यस्तै भ्रामक प्रचार गरेर जनतालाई भ्रम छर्न खोजेको भन्दै नेतृ भुलेजलले भन्नुभयो, अबको क्रान्ति गाँउबाट हैन शहरबाट हुनेछ र नेकपाले जनताको हरेक प्रश्नको उत्तर व्यबहारबाट दिनेछ , राष्ट्र र जनताको बारेमा सोच्ने छ ।
उहाँले स्थानीय जनतालाई अपिल गर्दै भन्नुभयो, सबै बन्दुक बोकेर लड्न जानुपर्छ भन्ने हैन, तपाइको राजनीतिक आस्था जुनसकै पार्टीमा होस् तर वर्गिय मुक्तिका लागी यथास्थानबाट सहयोग गर्नुहोस्, हामि लड्न तयार छौ । वैज्ञानिक समाजवादी व्यावस्था अवश्य आउने छ ।
प्रचण्ड बाबुरामले दलाल पूजीवादको नेतृत्व गरिरहेको पनि उहाँले बताउनु भयो ।

सोहि क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा पोलिटब्युरो सदस्य विरहीले जनकपुर ब्युरो अभियान टोलीकी कमान्डर रहेकी पार्टी पोलिटब्युरो सदस्य उमा भुजेललाई हँसिया–हथौडा अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सहिद सरिता गिरीकी आमा जानुका गिरी र सहिद जया दाहालकी आमा तारा दाहाललाई खादा ओडाएर सम्मान समेत गरिएको छ ।

कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय सदस्य देवनारायण शाहले गरेका थिए भने सन्चालन सिन्धुली जिल्ला ईन्चार्ज शशी र स्वागत मन्तब्य सर्लाहि जिल्ला ईन्चार्ज कुमार पौडेलले गर्नुभएको थियो ।
उक्त अभियान उद्घाटन कार्यक्रममा नारायणी व्युरो सदस्य नयन, कोशी व्युरो सदस्य लक्षमण पौडेल, मेची व्युरो सदस्य मौसम, जनगणतान्त्रीक सम्पर्क मन्चका कोषध्यक्ष अर्जुन कटवाल लगायत स्थानीय जनताको सहभागीता थियो ।
तस्वीरः कमल सुस्लिङ/ सिर्जना


