“राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्”: उपप्रम पोखरेल

“राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्”: उपप्रम पोखरेल

  • शनिबार, पुस २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भरतपुर, २८ पुस ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो ।

सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै नभएर प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी रहेकोमा जोड दिदै उपप्रधानमन्त्री पोखरेलले गुण र दोषका आधारमा जनताले निर्णय गर्न सक्के गरी बिषयबस्तु प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।

सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।

“राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्” उहाँले भन्नुभयो, “चर्चा गर्न लायक विषय पनि हुन्छन्, त्यसलाई प्राथमिकता दिनुपर्छ ।” सञ्चार जगत्ले पु¥याएको योगदानका कारण देशमा लोकतन्त्र संरक्षण भएको उहाँको भनाइ छ । सरकारको गुण र दोषका आधारमा दृष्टिकोण बनाउन उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

राजनीतिक दल, दलका नेता, राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्छ पोखरेलले भन्नुभयो, “अझ राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् बढी जिम्मेवार हुनुपर्र्छ ।”

एफएम रेडियो प्रभावकारी सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै उहाँले नयाँ सोच र अठोटका साथ काम गर्न आग्रह गर्नुभयो । देशमा एउटा सरकार बदलिएर अर्काे सरकार बनेको नभई देश नयाँ प्रणालीमा गएको बताउनुभयो । “देशमा ७५३ सरकारका छन्, संविधानले सबैलाई परिभाषित गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई संस्थागत गर्नु आवश्यक छ ।”
देशमा परिवर्तन ल्याउनका लागि हाम्रो व्यवहार, आचरण र चिन्तनमा समेत परिवर्तन हुनुपर्नेमा उपप्रधामन्त्री पोखरेलले जोड दिनुभयो । संसारमा कहीँ नभएको दुई तिहाइको स्थानीय, प्रदेश र सङ्घीय सरकार नेपालमा भएकाले कतिपयलाई अस्वभाविक लागेको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाले सूचना सञ्चारका माध्यमबाटै देशमा धेरै राम्रा काम भएको बताउनुभयो । प्रदेश सरकार उत्पादनमुखी अभियानमा लागेको भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ