एकताकाे डेढ वर्षमा नै विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

एकताकाे डेढ वर्षमा नै विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

२७ पुस, काठमाडौं । अन्ततः विवेकशील साझा पार्टी बिभाजित भएकाे छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

३७ सदस्यीय केन्द्रीय समितिमा रहेका रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्मका  १६ जना निर्वाचन आयोगमा गएका छन्। पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेकाे बताएका छन् ।

सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लागेपछि सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने निस्कर्ष सहित नयाँ दल दर्ता का लागि निवेदन दिएकाे बताएका छन् ।

विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ