काठमाडौँ, २६ पुस। एक नम्बर प्रदेशकी प्रदेश सांसद उषाकला राई आफ्नी आमाको किरियापुत्री बस्नुभएको छ । कपाल मुण्डन गरेर उनी बिहीबारबाट उहाँ किरिया बस्नुभएको हो ।
दाजुभाइ नभएकी उषाले आमाको काजकिरिया आफैं गर्ने निर्णय गरेको उहाँका श्रीमान पूर्वमन्त्री शेर बहादुर तामाङले जानकारी सहित प्रशंसा नै गरेर सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोष्ट गर्नुभएको छ ।
सांसद राईकी ७५ वर्षाीया आमा लक्ष्मी राईको बुधबार ग्रान्डी अस्पतालमा निधन भएको हो । सांसद राईको निर्णयको प्रशंसा गर्दै उहाँका श्रीमान तामाङले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।
आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री ९शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन० बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।
यसअघि समाचारमा शेरबहादुर तामाङ हुनुपर्नेमा अन्यथा भएकाेमा क्षमा माग्दै सच्याएकाे जानकारी गराउँदछाै । -सम्पादक
