आफ्नै बाबुबाट पनि असुरक्षित बन्दै छाेरीहरूः  रुपन्देहीमा बाबुले १० बर्षिया छोरीलाई डेढ बर्षदेखी निरन्तर यौन हिंसा गरिरहेकाे खुलासा

आफ्नै बाबुबाट पनि असुरक्षित बन्दै छाेरीहरूः  रुपन्देहीमा बाबुले १० बर्षिया छोरीलाई डेढ बर्षदेखी निरन्तर यौन हिंसा गरिरहेकाे खुलासा

  • बुधबार, पुस २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

सुन्दा पनि हृदयविदारक घटना, हामीलाई यस्तो कारुणीक घटनाहरु लेख्न नपरे हुन्थ्यो जस्तो लाग्छ तर अपसोच हामीसँग प्राय ः यस्तै घटनाहरु ठोकिन आईपुग्छन्, जुन घटना सुन्दा पनि अचम्म लाग्दो, घृणालाग्दो र कठोर बनाइदिने खालको हुन्छन् । हो आफ्नै हातले लाहै लाहै गरेर हुर्काएको, ताते ताते गरेको हिडालेको आफ्नै छोरीलाई कुनै बाउँले कुदृष्टिले हेर्न सक्ला, पक्कै पनि सक्दैन तर कोही बाउँहरु यतिसम्म नीच बन्छन् कि उनीहरुले आफ्नो रगत समेच चिन्दैनन्, आफ्नै १० बर्षकी छोरीलाई विगत डेढ बर्षदेखी यौनजन्य क्रियाकलाप गर्दै दबाबमा राख्न सक्ने यस्तो राक्षस बाउको अनुहार हामी तपाईलाई देखाउँदैछौं ।

यसबाट आफ्नो घरभित्रै पनि यस्तो घृणित काम हुँदो रहेछ भन्ने जघन्य अपराधीहरुलाई समाजमा नकाब उतार्ने र आफ्नै अभिभावक बाट पनि छोराछोरीहरुलाई सचेत गराउन हामी यस्तो घटनालाई नचाँहादा नचाहाँदै पनि सार्वजनिक गर्न बाध्य भएका छौं । बुटवलबाट शिव डुम्रेको र कृष्ण पाण्डेले पठाएको यो रिपोर्ट हेर्नुहोस् ।

गुल्मी चन्द्रकोट वाड नं. ७ स्थायी घर भई हाल देवदह नगरपालिका १, ढिकारमा बस्दै आएकी ३९ बर्षिया दिलमाया गैरे (नाम परिवर्तन) अहिले मर्नु न बाच्नुको स्थितीमा रोईकराई गरिरहेकी छन्, विवाहा गरेको ११ बर्षपछी आफ्नो लोग्नेको यस्तो हालत देख्दा उनी आफैलाई मरेको जस्तो अनुभूत भैरहेको छ । धेरैजसो घरबाहिर रहेका आफ्नो लोग्ने डेढ बर्षअगाडीदेखी घरमै आएर बस्थे, उनलाई राम्रै लागेको थियो तर जब उनले ७ दिन अगाडी छोरीको मुखबाट बाबुको क्रियाकलाप सुनिन तव उनी छागाबाट खसेजस्तै भईन ।

आफ्नी छोरी १० बर्षिया सानुमाया गैरे (नाम परिवर्तन)लाई डेढ बर्ष अगाडीदेखी आफ्नै घरभित्र अप्राकृतिक यौनजन्य क्रियाकलाप गर्न लगाउने, अगंहरु छुने खेलाउने, पटकपटक मुखमैथुन गराउने, मार्ने धम्की दिने र घरबाट बाहिर निस्कनसमेत नदिने आफ्नै आमा घरमा नभएको बेला र निदाएको बेलासमेत यस्तो गर्ने गरेको भनेर आमालाई भनेपछि अहिले आमा बेहोसीजस्तै बनेकी छन् । १० बर्षकी बच्चीलाई के नै पो थाहा होला र तर सबै कुरा जवान मान्छेलेजस्तै यथार्थ भन्न थालिन, बाउले गरेको क्रियाकलापहरु सबै हुबहु भनेपछि पत्याउन करै लाग्यो ।

६ बर्ष कतार बसेर डेढ बर्षअगाडीदेखी घरमा आएका ३२ बर्षिया दिलबहादुर गैरे (नाम परिवर्तन) ले आफ्नी १० बर्षकी छोरीलाई यस्तो गलत क्रियाकलाप गर्दै आएका रहेछन् । अहिले ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका राक्षसी बाउँलाई हदैसम्मको कारबाही माग उनी श्रीमती दिलमायाले गरेकि छन् । आफ्नै छोरीलाई भगवानको रुप देख्ने बाउँहरु पनि यहि समाजमा छन् भने आफ्नै छोरीमाथी जाईलाग्ने राक्षसहरु पनि यहि समाजमा छन् ।

यसरी हेर्दा यो समाज कतातिर जाँदैछ, यसरी दिनप्रतिदिन बलात्कार तथा यौन हिंसाजन्य घटनाहरु किन बढिरहेका छन् भन्ने गम्भीर प्रश्न सिर्जना भएको छ । यस्ता हाडनाताकरणी तथा नाबालिकामाथी यौनजन्य क्रियाकलाप गरेको अभियोगमा हदैसम्मको कारबाही हुनुपर्छ ।अनखबरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ