फूलचोकी र चन्द्रागिरिमा हिमपात

फूलचोकी र चन्द्रागिरिमा हिमपात

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

काठमाडौँ नजीकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिमपात परेको छ । पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात परेको जनाइएको छ । काठमाडौँमा भने बिहाद ९ बजेदेखि हल्का वर्षा भएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । साथै उच्च हिमाली भूभागका मनाङ, हुम्ला, जुम्लालगायत स्थानमा पनि हिउँ परेको महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि मुलुकभर बदली र हिमपात हुँदा र घाम नलाग्दा बढी चिसो महसुस गरिएको मौसमविद् कँडेलले बताउनु भयो । काठमाडौँमा भने केही समय घाम लागेको छ ।
आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । राति देशको पश्चिमी भूभागममा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने छ । मध्य र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्गलबार देशका पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै बुधबार पूर्वीपहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ