पुष २३ काठमाण्डौं । वाईडबडी खरीदमा भएको ४ अर्ब ३५ करोड घोटालाको विषयमा ससदीय समितिमा प्रतिवेदन पारित हुनु अघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सार्वजनिक लेखा समितिमा उपसमितिको प्रतिवेदन पारित गर्न आज बिहान ११ बजे बैठक बस्दैछ । त्यो बैठक बस्नु पुर्व नै मन्त्रीले सचिव सहित अन्य अधिकारी राखेर मन्त्रालयमा १० बजे पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
सार्वजनिक लेखा समितिका एक सदस्यले मन्त्री नेताहरुलाई जोगाउने विभिन्न प्रपञ्च भईरहेको भन्दै समितिले केही शब्द हेरफेर गरेर पनि दोषीहरुमाथि बराबर कार्बाहीको सिफारीस हुने दावी गरेका छन् ।
जो जसले मेरो दोष छैन भनिरहेका छन् तीनले के भएको थियो के भएको छ ? भन्ने विषयमा किन अध्ययन गरेनन् ? ती सदस्यले भने ।
मन्त्री अधिकारी पनि संलग्न भएको प्रतिवेदन आए पछि अहिले चौतर्फी विरोध भईरहेको छ ।