वाईडबडीकाण्डः दोषी मन्त्री अधिकारी र कसाकार सहितलाई घरबाट तानेर सडकमा ल्याउछौः ढकाल

वाईडबडीकाण्डः दोषी मन्त्री अधिकारी र कसाकार सहितलाई घरबाट तानेर सडकमा ल्याउछौः ढकाल

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकालले वाईडबडी घोटालामा दोषी देखिएका पर्यटन मन्त्री रबीन्द्र अधिकारी र सुगतरत्न कंशाकार सहितलाई सरकारले कार्बाही नगरे आफूहरुले घरबाट थुतेर सडकमा ल्याएर कार्बाही गर्ने चेतावनी दिएका छन् ।
वाईडबडीमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको सार्वजनिक भए पछि आज त्यसको विरोधमा काठमाण्डौंको शान्तिबाटीकामा भएको कोण सभामा अध्यक्ष ढकालले यस्तो चेतावनी दिएका हुन् ।
ससदको लेखा समिति र महालेखा परीक्षकको प्रतिवेदनलाई लत्याएर एमालेका कार्यकर्ताको रुपमा रहेका भ्रष्ट गोविन्द पराजुलीको नेतृत्वमा सरकारले बनाएको छानविन आफ्ना भ्रष्ट नेता कार्यकर्ता जोगाउने प्रपञ्चको रुपमा आएको भन्दै त्यो अविलम्ब खारेज गर्न माग गरे ।
कार्यक्रममा विद्यार्थीहरुले भ्रष्टहरुलाई कार्बाही गर्नु पर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए ।
यसै गरी महासचिव प्रकाश शाही, कोषाध्यक्ष नरेन्द्र विक लगायतले पनि भ्रष्टहरुमाथि कार्बाहीको माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ