प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिइए पछि संसदमा प्रतिपक्षको हंगामा

प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिइए पछि संसदमा प्रतिपक्षको हंगामा

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, पुस २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आइतबार संसदमा हंगामा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा प्रतिनिधिसभालाई सम्बोधन गरेपछि कांग्रेस सांसदहरुले प्रश्न गर्न समय माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि छुट्टै समय दिइने जनाएपछि कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुख महराले कांग्रेस सांसदहरुलाई भने, ‘प्रश्नोत्तरको छुट्टै व्यवस्था छ । अहिले प्रधानमन्त्रीले गरेको सम्बोधन प्रश्नोत्तरको लागि होइन । प्रश्न गर्ने अधिकार छ तर प्रश्नोत्तरकै कार्यक्रममा आफ्नो प्रश्न राख्नुहोला ।’

जवाफमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सभामुखलाई सभाको मर्यादा राख्न आग्रह गरे । ‘प्रधानमन्त्रीले दिएको सार्वजनिक महत्वको वक्तव्यपछि सभामुखले प्रश्नको अनुमति दिनुपर्छ । सभाको मर्यादा पालन गर्नुहोस्,’ सभामुख महरालाई कांग्रेस सांसद रिजालले भने ।

त्यसपछि सभामुख महराले सीमित सदस्यलाई प्रश्न राख्न अनुमति दिने भन्दै डा. रिजाललाई एक मिनेटको समय दिए ।

तर कांग्रेस सांसदहरुले ‘सीमित संख्या भन्न पाइँदैन’ भन्दै फेरि विरोध जनाए । ‘सोध्न खोज्दासम्म सबै सांसदले प्रश्न सोध्न पाउनु पर्छ,’ सांसद रिजालले भने ।

केहीबेर होहल्ला चलेपछि सभामुखले भने, ‘त्यसो भए प्रश्नोत्तर गर्ने अनुमति मैले दिइनँ ।’ उनले आजको शुन्य समय र विशेष समय हटाइएको जानकारी गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ