देउवा जी मैले तपाईको प्रतिलिपि अधिकार खोसेको छैनः प्रधानमन्त्री ओली

देउवा जी मैले तपाईको प्रतिलिपि अधिकार खोसेको छैनः प्रधानमन्त्री ओली

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले प्रतिपक्षको पेटेन्ट राइट (प्रतिलिपी अधिकार) नखोसेको बताएका छन्। आइतबार संसदलाई सम्बोधन गर्दै उनले आफूले राम्रा कामहरु गर्नका लागि कोसिस गरिरहेको तर पूर्ववत् सरकारहरुको प्रतिलिपी अधिकार खोस्ने काम नगरिरहेको बताए।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई लिएर नेपाली कांग्रेसले तीब्र विरोध गरिरहेकोमा ओलीले जवाफ दिएका हुन्। ‘नेपाली कांग्रेसले सुरु गरेको पेन्सन कार्यक्रमलाई ओलीले आफ्नो भनेर प्रचार गर्‍यो भनेर मेरा प्रीय मित्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीले यही संसदमा आएर विरोध गर्नुभयो,’ उनले भने, ‘मैले हामीले मात्रै यो काम गरेका हौँ वा यो हाम्रो मात्रै कार्यक्रम हो भनेको छु र, राम्रो काम गर्न पो खोजेको, मैले कांग्रेसको पेटेन्ट राइट खाजेको होइन्।

’ उनले आफूले राम्रा कामका लागि कोसिस गरिरहेको अवस्थामा त्यसको जस जसले लिँदा पनि हुने बताए। तर राम्रा काममा खिसिट्युरी गर्न आवश्यक नरहेको उनले बताए। उनले अहिले पेन्सन कार्यक्रमलाई सबैले थाहा पाउने गरी कार्यान्वयनमा लगिएको मात्रै बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ