खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा  सहभागी भएको आशंकामा  वडा सचिव पक्राउ परेका छन् ।  वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।

वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी बिनोद शर्माले जानकारी दिएका छन् ।  मान्छे नबस्ने नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो । यहि पुस ८ गते स्थानीय खानेपानि आयोजनाको ट्रयांकी शिलान्यास गरिएको र सोही रात खसीको  फिला र ह्याकुलो नवीनको घरमा लगेर पकाएर मदिरा पार्टी गरेको देखिएको प्रहरीले जनाएको छ।

पार्टीमा वडाका एक कर्मचारी र दुईजना शिक्षक पनि सहभागी  थिए। आगलागी सुरु भएको घरमा १५ क्वाटर मदिराका बोतल फेला परेको छ ।  पलाँता मदिरा निषेधित गाउँपालिका हो ।

खाडामा भाडामा बस्दै वडा सचिव प्याकुरेलले आगलागीबाट  भएको क्षतिमा सबैभन्दा बढी आफ्नो भएको विवरण पेस गरेका  छन् । उनले ४ लाख नगदसहति ९ लाख ४१ हजारभन्दा क्षति भएको दाबी गरेका छन् । कार्यलयको ल्यापटप, क्यामरा र सम्पूर्ण कागजात जलेको दाबी विवरण दिएका छन् । तर उनले आगलागी हुनुभन्दा अगाबै आफ्नो लत्ताकपडा, भात पकाउने कुकरसमेत निकालेको पाइएकाले उनले दिएको क्षतिको विवरण झुटो भएको डीएसपी बिनोद शर्माको भनाइ छ ।  क्षतिको मुचुल्कामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमसहितले सही गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ