जाजरकोटको केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौँमा

जाजरकोटको केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौँमा

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जाजरकोट, २२ पुस ।  जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौँ आएको छ । 

लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएकोे हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन । एघार वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठ वडाध्यक्षले लुहादहमा र तीन वडाध्यक्षले सानाखोलामा केन्द्र राखिनुपर्नेमा जोड दिएका वडा ५ का वडाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो ।
उक्त गाउँपालिकाको बैठकबाट बहुमत जनप्रतिनिधिले लुहादहमै प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर सहमति जुटाउन कर्णाली प्रदेशमा असार ३० गते पठाएकामा उक्त प्रदेशले सो निर्णयलाई केन्द्रसम्म नपु¥याउँदा अहिलेसम्म उक्त गाउँपालिकाको प्रशासकीय केन्द्रको विषयमा टुङ्गो लाग्न नसकेको हो । बहुमत जनप्रतिनिधिले गरेको निर्णय अहिलेसम्म रोकेर हाम्रा काममा अवरोध तुल्याइएको लुहादह केन्द्र पक्षका जनप्रतिनिधिको भनाइ छ ।

राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएकामा उक्त गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पराले पायक पर्ने ठाउँ नभएकाले लुहादहमै राख्नुपर्ने भनी गरिएको निर्णय अहिलेसम्म रोकेर बहुमत जनप्रतिनिधिको भावनामा चोट पु¥याएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ