आलोक माबोहाङ लिम्बू
२१ पौष, २०७५ ताप्लेजुङ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका ५ नम्बर वडा, तापेथोकमा आगलागीबाट बुद्ध ताप्मादेन लिम्बुको ३ घर जलेर नस्ट भएको छ । अपरान्ह ४ः४५ बजे बिद्युत सर्ट भई आगलगी भएको स्थानी रोशन लिम्बूले जानकारी दिए ।
आगलागीबाट कति क्षति भयो भन्ने यकिन नभए पनि लाखौँको क्षति भएको प्रहरी श्रोतले बताएको छ । आगलागी भएपछि कुनै पनि सामान निकाल्न नसकिएको पीडितले बताए । प्रहरीले अत्यन्त न्युनमात्र सामान निकालिएको बताएको छ । आगलागी भएको स्थान फक्ताङलुङ गाउँपालिका केन्द्रबाट नजिकै पर्छ । स्थानीय थोक तथा खुद्रा ब्यापारी भएको कारण ठूलो परिमाणमा क्षति भएको हुनसक्ने प्रहरीले बताएको छ ।
क्षतिको पूर्ण बिबरण आएको छैन । क्षतिको संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । अहिले आगो पूर्ण नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ ।